close

कक्षा १२ पढ्ने सबै छात्रालाई निःशुल्क ल्यापटप दिने मधेस सरकारको घोषणा

टेकपाना टेकपाना

जेठ २३, २०८० २२:५५

कक्षा १२ पढ्ने सबै छात्रालाई निःशुल्क ल्यापटप दिने मधेस सरकारको घोषणा

काठमाडौं । मधेस प्रदेश सरकारले कक्षा १२ मा अध्ययनरत सबै छात्राहरूलाई निःशुल्क ल्यापटप दिने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख हरिशंकर मिश्रले छात्राहरूलाई ल्यापटप उपलब्ध गराउने जानकारी दिए ।

''प्रदेशका सामुदायिक विद्यालयहरूमा कक्षा १२ अध्ययनरत छात्राहरूलाई कम्पयुटर प्रविधिमा पहुँच पुर्‍याउन एक थान ल्यापटप सहयोग स्वरुप उपलब्ध गराइनेछ,'' मिश्रले भने । 

पछिल्लो अध्यावधिक: जेठ २३, २०८० २२:५५