close

ह्वावेको फ्रिबड्स फाइभआई नेपाली बजारमा, मूल्य ११,९९०

टेकपाना टेकपाना

जेठ २८, २०८० ७:५८

ह्वावेको फ्रिबड्स फाइभआई नेपाली बजारमा, मूल्य ११,९९०

काठमाडौं । चिनियाँ ब्रान्ड ह्वावेले नेपाली बजारमा फ्रिबड्सको नयाँ बड्स 'फ्रिबड्स फाइभआई' सार्वजनिक गरेको  छ । नेपालका लागि कम्पनीको आधिकारिक विक्रेता कल मोबिलिटिले नेपाली बजारमा यो इयरबड सार्वजनिक गरेको हो ।  

यसको मुख्य विशेषताको रुपमा इयरबडबाट नै सेल्फी खिच्न सकिने फिचर रहेको छ । प्रयोगकर्ताले क्यामेरा अन गरेर इयरबड्समा दुई पटक ट्याप गर्दा मोबाइल फोटो खिच्न सक्नेछन् । 

आईपी५४ वाटर रेसिस्टेन्स पाएको यो फ्रिबड्स इयरबड एक पटकको फूल चार्जमा २८ घण्टासम्म प्रयोग गर्न सकिन्छ । यसमा तीन प्रकारका नोइज क्यान्सिलेसन मोड दिइएको छ । प्रयोगकर्ताले आफ्नो सहजताको हिसाबले अल्ट्रा, जेनरल र कोजी नोइज क्यान्सिलेसन मोड प्रयोग गर्न सक्नेछन् । 

साथै यो इयरबड एकै पटकमा दुईओटा डिभाइसमा प्रयोग गर्न सकिन्छ । मोबाइलसँगै यो इयरबड टिभी, कम्प्युटर र ट्याबलेटमा प्रयोग गर्न सकिन्छ । साथै फोन आएको खण्डमा इयरबडमा दुईपटक ट्याप गरेर नै फोन उठाउन सकिन्छ । 

यसमा लो गेमिङ ल्याटेन्सी अर्थात् गेम खेल्दा गेमको आवाज वास्तविक समयमा नै आउने कम्पनीले जनाएको छ । 

कम्पनीले यो फ्रिबड्सको मूल्य ११ हजार ९९० रुपैयाँ तोकेको छ । 

पछिल्लो अध्यावधिक: जेठ २८, २०८० ७:५८