close

गुगल लेन्सबाटै आफ्नो छाला परीक्षण गर्न सकिने

टेकपाना टेकपाना

असार ३, २०८० १०:३८

गुगल लेन्सबाटै आफ्नो छाला परीक्षण गर्न सकिने

काठमाडौं । गुगल लेन्समा नयाँ फिचर थप गरिएको छ । यो फिचर प्रयोग गरेर प्रयोगकर्ताले आफ्नो छालामा भएको समस्याको विषयमा अथवा आफ्नो छालाको अवस्था कस्तो छ भनेर थाहा पाउन सक्नेछन् ।

अब प्रयोगकर्ताले आफ्नो छालाको फोटो खिचेर गुगल लेन्समा सर्च गर्दा आफ्नो छालको अवस्थाको विषयमा जानकारी पाउन सक्नेछन् ।

कहिलेकाही आफ्नो छाला भएको समस्याको विषयमा गुगलको खोज्नको लागि अक्षर टाइप गरेर मात्र मिल्दैन । आफ्नो समस्या ठ्याक्कै भन्न नमिल्ने अवस्था पनि हुन्छ । यो समस्यालाई समाधान गर्दै कम्पनीले गुगल लेन्समा नयाँ फिचर थप गरेको हो । 

यसले छालामा भएका समस्याको विषयमा जानकारी दिनेछ । सामान्यतः गुगल लेन्समा सर्च गर्दा मिल्दोजुल्दो तस्वीहरू देखाउने गर्छ । तर छालाको सम्बन्धमा भने यो फिचरले राम्रोसँग काम गर्दैन थियो । अब भने कम्पनीले डेडिकेटेड रुपमा नै यो फिचर थप गरेको छ ।        
 

पछिल्लो अध्यावधिक: असार ३, २०८० १०:३८