काठमाडौं । हामीलाई कहिलेकाहीँ एउटै मेसेज एकै पटक धेरै मानिसहरूलाई पठाउनु पर्ने हुन्छ । हरेकलाई छुट्टाछुट्टै मेसेज पठाउँदा समय र पैसा धेरै खर्च हुन्छ । त्यस्तै कुनै ग्रुपमा एड गरेर पठाउने हो भने पनि अरूको गोपनीयतालाई असर पर्न सक्छ ।
तसर्थ एउटै मेसेज एकै पटक सयौं जनालाई पठाउन हामीलाई सकस परिरहेको हुन्छ । आज हामी ह्वाट्सएपको ब्रोडकास्ट फिचर प्रयोग गरेर एउटै मेसेज एकै समयमा सयैं प्रयोगकर्तालाई कसरी पठाउन सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौं ।
यसरी प्रयोग गर्नुहोस् ह्वाट्सएपको ब्रोडकास्ट फिचर
- सबैभन्दा पहिले ह्वाट्सएप एप खोल्नुहोस् ।
- त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा थोप्लोमा थिच्नुहोस् ।
- अनि ‘न्यु ब्रोडकास्ट’ अप्सनमा जानुहोस् ।
- र, आफूले मेसेज पठाउन चाहेको नाम छान्नुहोस् ।
- अनि अन्तिममा रहेको टिकको अप्सनमा ट्याप गर्नुहोस् ।
- त्यसपछि एउटा ग्रुपजस्तो इन्टरफेस देखिन्छ ।
- त्यहाँ तपाईंले एकै पटक पठाउन चाहेको मेसेज टाइप गर्नुहोस् । (फाइल, फोटो, भिडिओ, अडियो आदि)
- यसरी एकै पटक सेन्ड गर्नुभयो भने पाउने व्यक्तिले पनि छुट्टाछुट्टै पाउँछ र तपाईंले पठाउँदा पनि छुट्टाछुट्टै पठाएको जस्तो देखिन्छ ।
- यसरी तपाईंले एउटै मेसेज एकै पटक सयौं व्यक्तिलाई पठाउन सक्नुहुन्छ ।