काठमाडौं । आफूले चिनेको व्यक्तिले फेसबुकमा मेन्सन गर्दा हामीलाई खुसी नै लाग्छ । फेसबुक पोस्टमा कुनै अफर, रोचक कुराहरू, मिम, सान्दर्भिक घटना वा सहयोगको अपिल गर्नु छ भने मेन्सन गर्ने प्रवृत्ति छ ।
तर, पछिल्लो समय फेसबुकले फेसबुक ग्रुपका लागि ‘एभ्रीवन ट्याग’ (@everyone) सार्वजनिक गरेको थियो । यस्तो हुँदा केही ग्रुपका एड्मिनले अनावश्यक पोस्टमा सबैलाई मेन्सन गरिरहेका हुन्छन् ।
यसरी अनावश्यक पोस्टमा मेन्सन हुनुपर्दा तपाईंलाई दिक्क लागिरहेको हुनसक्छ । आज हामी फेसबुक ग्रुपमा एड्मिनले एभ्रीवन ट्याग राख्दा तपाईं मेन्सन हुने फिचर कसरी बन्द गर्ने भन्ने विषयमा जानकारी दिँदैछौं ।
फेसबुकमा एभ्रीवन (@everyone) ट्याग कसरी बन्द गर्ने ?
हामीमध्ये कतिले यस्ता ट्यागबाट दिक्क भएर ग्रुप नै लिभ गरिसकेका हुनसक्छौं । यहाँ ग्रुप लिभ नगरी एभ्रीवन ट्यागको नोटिफिकेसन कसरी बन्द गर्ने भन्ने विषयमा जानकारी दिइएको छ ।
- सबैभन्दा पहिले फेसबुक खोल्नुहोस् ।
- त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा लाइन सहितको प्रोफाइल आइकनमा ट्याप गर्नुहोस् ।
- अनि, प्रोफाइल आइकनको तल रहेको सेटिङको अप्सनमा थिच्नुहोस् ।
- यति गरेपछि प्रिफेरेन्स सेक्सनमा रहेको नोटिफिकेसनको अप्सनमा जानुहोस् ।
- अनि ट्यागको अप्सन छान्नुहोस् ।
- अनि सबैभन्दा माथि रहेको फ्रेन्ड्सको अप्सन छान्नुहोस् ।
- यति गर्नुभयो भने तलपट्टि ‘रिसिभ नोटिफिकेसन फर’ सेक्सन खुल्छ ।
- र, ब्याच एभ्रीवन (Batch @everyone mention) को अप्सनमलाई अफ गर्नुहोस् ।
- यदि तपाईं कुनै ग्रुपको एड्मिन, मोडेरेटर वा एक्सपर्ट हुनुहुन्छ भने पनि तपाईंलाई मेन्सन आइरहेका हुन्छन् । यस्तोमा तलपट्टि रहेको (@admin, @moderator or @experts mention in group) को अप्सनलाई अफ गर्न सक्नुहुन्छ ।
- यसरी तपाईंले फेसबुकमा आइरहने एभ्रीवन ट्यागलाई बन्द गर्न सक्नुहुन्छ ।
फेसबुकमा एभ्रीवन ट्याग फिचर किन बन्द गर्ने ?
फेसबुक ग्रुपका लागि एभ्रीवन ट्याग चर्चित फिचर हो । जसको सहायताले ग्रप एड्मिनले मेम्बरलाई महत्त्वपूर्ण सूचनाबारे अलर्ट गराउन प्रयोग गर्छन् । त्यस्तै फेसबुक ग्रुपमा महत्त्वपूर्ण विषयमा छलफल हुँदा पनि एड्मिनले यो फिचर हप्तामा एक पटक प्रयोग गर्न पाउँछन् ।
तर, केही ग्रुपका एड्मिनले यस फिचरको दुरुपयोग गरिरहेका हुन सक्छन् । मेम्बरको अकाउन्टमा अनावश्यक नोटिफिकेसनको चाङ र आफ्नो व्यक्तिगत स्वार्थका लागि एभ्रीवन ट्याग प्रयोग गरिरहेका हुन्छन् । तसर्थ फेसबुकमा एभ्रीवन ट्याग बन्द गर्न उपयुक्त हुन्छ ।