close

नेक्सन ईभी वा टिगोर ईभी किन्न चाहनेलाई ३ दिनभित्रै फाइनान्सिङ सुविधा

टेकपाना टेकपाना

असार ५, २०८० १७:३२

नेक्सन ईभी वा टिगोर ईभी किन्न चाहनेलाई ३ दिनभित्रै फाइनान्सिङ सुविधा

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आफ्ना विद्युती गाडी किन्न चाहने ग्राहकलाई फाइनान्सिङ सुविधा दिने भएको छ । ​यसअन्तर्गत नेक्सन ईभी र टिगोर ईभीको ८० प्रतिशतसम्म फाइनान्सिङ तीन दिनभित्रै सम्पन्न हुने कम्पनीले जनाएको छ ।

सिप्रदीले एभरेष्ट बैंक, नबिल बैंक, एनएमबि बैंक, ग्लोबल आईएमई बैंक र प्रभु बैंकसँग सहकार्य गरेको छ, जहाँबाट ग्राहकले १०.०५ प्रतिशतको न्यूनतम ब्याजदरमा कर्जा पाउने बताइएकाे छ ।

नेपालभर रहेका सिप्रदी तथा सिप्रदीका आधिकारिक डिलरबाट यो सेवा लिन सकिने टाटा मोटर्सले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असार ५, २०८० १८:०