close

अष्ट्रेलियाका प्रधानमन्त्री भन्छन्ः हरेक रात ५ मिनेट मोबाइल अफ गर्नुहोस्

टेकपाना टेकपाना

असार ९, २०८० १५:१८

अष्ट्रेलियाका प्रधानमन्त्री भन्छन्ः हरेक रात ५ मिनेट मोबाइल अफ गर्नुहोस्

काठमाडौं । तपाईँ आफ्नो मोबाइल कत्तिको स्विच अफ गर्नुहुन्छ ? यदि गर्नुहुन्न भने आजैदेखि दिनको एक पटक अथवा राति पाँच मिनेटका लागि भएपनि आफ्नो फोन अफ गर्नुहोस् ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आफ्नो व्यक्तिगत सुरक्षाका लागि दिनमा एक पटक मोबाइल स्विच अफ गर्नु उपयुक्त हुने बताएका छन् ।

साइबर सुरक्षा उपायको रूपमा विज्ञहरूले दिनको एकपटक मोबाइल रिबुट गर्न सल्लाह दिएको भन्दै उनले आफ्ना नागरिकहरूलाई यो तरिका अपनाउन आग्रह गरेका हुन् । यसो गर्दा केही गरी संक्रमित भएको खराब एप वा ब्याकग्राउन्डमा चलिरहेको प्रक्रिया र डेटा निगरानी वा सङ्कलनको जोखिमलाई कम हुने उनको भनाइ छ ।

पछिल्लो समय बढ्दाे साइबर सुरक्षा चुनौतीलाई सम्बोधन गर्न सरकारसँगै आमनागरिकले पनि आफ्नो तर्फबाट जिम्मेवारी पूरा गर्न उनले अनुराेध गरेका छन् ।

मोबाइल रिबुट गर्नुलाई सुरक्षा सतर्कताको लागि आधारभूत उपाय मानिन्छ । यसले ह्याकरहरूलाई डिभाइसमा पहुँच बनाउनबाट निराश पार्न सक्छ । तर नियमित रिबुट गर्ने कामले पूर्ण रूपमा साइबर आक्रमण वा पासवर्ड चोरी नियन्त्रण गर्न भने सक्दैन ।

यसअघि सन् २०२० मा अमेरिकी राष्ट्रिय सुरक्षा निकायले पनि हप्तामा एकचोटी आफ्नो स्मार्टफोन रिबुट गर्दा ह्याकिङबाट जोगिन सकिने बताएको थियो ।

पछिल्लो अध्यावधिक: असार ९, २०८० १५:१८