close

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बालिकाको ज्यान गयो

टेकपाना टेकपाना

असार १२, २०८० १७:२८

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बालिकाको ज्यान गयो

स्याङ्जा । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ ।

स्याङ्जाको बिरुवा गाउँपालिकामा ७ बलेवाका दलबहादुर गुरुङकी १० वर्षीया छोरी गीताको ज्यान गएको प्रहरीले जनाएको छ ।

मोबाइल चार्ज गर्ने क्रममा बिजुलीको प्लगबाट करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकाको प्राथमिक स्वास्थ केन्द्र वालिङमा उपचारका क्रममा मंगलबार दिउँसाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असार १२, २०८० १७:२८