close

अनलाइनमा कुनै पनि फोटोको स्केच बनाउन चाहनुहुन्छ ? यस्तो छ सजिलो तरिका

टेकपाना टेकपाना

असार १५, २०८० १७:१३

अनलाइनमा कुनै पनि फोटोको स्केच बनाउन चाहनुहुन्छ ? यस्तो छ सजिलो तरिका

काठमाडौं । हामीमध्ये केहीलाई आफ्नो फोटो एडिट गर्न निकै सकस पर्छ । आवश्यक परेको बेला खोजेजस्तो फोटो एडिट गर्न नसक्दा हैरान नै भइन्छ । त्यसबाहेक पनि कुनै हामीले जानेका शैलीले फोटो एडिट गरिदिँदा आकर्षक नबन्न सक्छ ।

पछिल्लो समय यस्तो क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स टुलको प्रयोग बढेको छ । जसको सहायताले फोटोलाई क्षणभरमै विभिन्न स्टाइलमा एडिट गर्न सकिन्छ । त्यहिमध्येको एउटा टुल हो, फोटो ल्याब । फोटो ल्याब यस्तो प्लेटफर्म हो, जसले एआई प्रयोग गरी विभिन्न शैलीमा फोटो एडिट गर्न सघाउँछ ।

यो यस्तो प्लेटफर्म हो, जसले विभिन्न तरिकाले एडिट भएका फोटोहरू होम पेजमा देखाएको हुन्छ । आफूले बनाउन खोजेको जस्तो फर्म्याटको फोटो छानेपछि एआई टुलले क्षणभरमै तपाईंले खोजेको जस्तो फोटो बनाइदिन्छ । 

एआईको सहायताले कसरी बनाउने स्केच ?

-सबैभन्दा पहिले यहाँ क्लिक गरी फोटो ल्याबको साइटमा जानुहोस् । (यदि एप प्रयोग गर्न चाहनुहुन्छ भने एन्ड्रोइड प्रयोगकर्ताले यहाँ क्लिक र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरी डाउनलोड गर्न सक्नुहुन्छ ।) 

-त्यसपछि स्केचको बनेको फोटो छान्नुहोस् । 

-यति गरेपछि फोटोको तल भएको ‘अप्लाई टु योर फोटो’को बटनमा क्लिक गरेर आफूले स्केचजस्तो बनाउन चाहेको फोटो छान्नुहोस् । 

-फोटो छानिसकेपछि आवश्यक अनुसार क्रप गरेर तल भएको ‘कन्टिन्यु’को बटनमा क्लिक गर्नुहोस् ।

 

-यति गरेपछि केही बेरमै तपाईंले खोजेजस्तै फोटो तयार हुन्छ ।  

यसरी तपाईंले उक्त साइटमा भएका विभिन्न शैलीमा फोटो एडिट गर्न सक्नुहुन्छ । तर, एउटा कुरा ख्याल गर्नुहोस् एडिट भएको फोटोमा फोटो ल्याबको वाटरमार्क आउँछ ।

यदि क्रप गर्दा पनि वाटरमार्क हट्ने अवस्था छैन भने फोटो छान्ने बेला आकार ठूलो बनाउन सक्नुहुन्छ । यसो गर्दा फोटोको वाटरमार्क हटाउँदा मुख्य फोटोलाई कुनै नपर्न सक्छ ।

पछिल्लो अध्यावधिक: असार १५, २०८० १७:४२