close

संस्कृति इन्टरनेसनल स्कुलमा प्रविधि सिकाउन विद्यालय स्तरकै 'पहिलो' फ्याबल्याब

टेकपाना टेकपाना

असार १७, २०८० १७:४९

संस्कृति इन्टरनेसनल स्कुलमा प्रविधि सिकाउन विद्यालय स्तरकै 'पहिलो' फ्याबल्याब

काठमाडौं । काठमाडौंको हलचोक स्थित संस्कृति इन्टरनेसनल स्कुलले “इन्फिनिटी फ्याबल्याब” (फ्याब्रिकेशन ल्याबोरेटरिज) सञ्चालनमा ल्याएको छ । स्कुलले यो नेपालकै पहिलो विद्यालय स्तरीय फ्याबल्याब भएको दाबी समेत गरेको छ । 

स्कसलकी निर्देशक दिप्ती आचार्यले यो प्रयोगशालाको स्थापनाले नयाँ प्रविधिलाई बढावा दिने र विद्यार्थीहरूलाई अत्याधुनिक सिकाइ अवसरहरू प्रदान गर्ने बताइन् । “हामीले अत्याधुनिक प्रविधि र उपकरणले सज्जित नवीनतम प्रयोगशाला स्थापना गरेका छौँ, जहाँ विद्यार्थीहरूले डिजिटल निर्माण प्रक्रिया, थ्रीडी प्रिन्टिङ, इलेक्ट्रोनिक्स, रोबोटिक्स र अन्य धेरै कुराहरू एक्सप्लोर गर्न सक्नेछन्,” उनले भनिन् । 

फ्याबल्याबले रचनात्मक प्रविधिको हबको रूपमा काम गर्ने र स्कुलका विद्यार्थीलाई आफ्नो क्षमता उजागर गर्न, आवश्यक सीपहरू विकास गर्न र नयाँ आविष्कारको लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ । 

फ्याबल्याब अर्थात् फ्याब्रिकेसन ल्याब एउटा यस्तो अत्याधुनिक प्रयोगशाला हो, जसले विद्यार्थीलाई डिजिटल निर्माण प्रक्रिया, थ्रीडी प्रिन्टिङ, इलेक्ट्रोनिक्स, रोबोटिक्स लगायतका क्षेत्रमा विस्तृत रुपमा बुझ्न उपकरण र प्रविधिहरूमाथिको पहुँच प्रदान गर्छ । 

यो नयाँ फ्याबल्याबको स्थापनासँगै संस्कृति इन्टरनेसनल स्कुलले आफ्ना विद्यार्थीहरूलाई ह्यान्ड्स–अन, इन्टरडिसिप्लिनरी लर्निङको  अनुभव दिनुका साथै सिजनात्मक, नवीनतम र समस्या समाधान गर्ने सीपहरू प्रदान गर्ने लक्ष्य राखेको छ । 

 

पछिल्लो अध्यावधिक: असार १७, २०८० १७:४९