close

हाम्रो पेमा आयो बैंक लिङ्क गर्ने सुविधा, क्यूआर स्क्यान मार्फत २७ बैंकमा भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

असार २१, २०८० १४:२६

हाम्रो पेमा आयो बैंक लिङ्क गर्ने सुविधा, क्यूआर स्क्यान मार्फत २७ बैंकमा भुक्तानी गर्न सकिने

काठमाडौं । हाम्रो पात्रोको डिजिलट वालेट हाम्रो पेको नयाँ भर्सन सार्वजनिक भएको छ । कम्पनीले बुधबार नयाँ फिचरहरू समावेश गरी हाम्राे पेकाे नयाँ अपेडट २.२.० सार्वजनिक गरेको हो ।

यसअन्तर्गत अब हाम्रो पेका भेरिफाइड प्रयोगकर्ताले आफ्नो नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) काे खाता हाम्रो पेमा लिङ्क गर्न सक्नेछन् । अन्य बैंकको अकाउन्ट हुनेहरूका लागि भने हाल हाम्रो पेमा लिङ्क गर्ने सुविधा छैन ।

त्यस्तै अब हाम्रो पेबाट राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड लगायत २७ ओटा बैंकमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिन्छ ।

यसैगरी कम्पनीले नयाँ अपडेटसँगै स्मार्ट क्यूआर पनि इन्ट्रिगेट गरेको छ । यसअघि नेपाल पे क्यूआरसँग मात्रै इन्ट्रिगेट गरेको कम्पनीले नयाँ संस्करणमा स्मार्ट क्यूआर पनि समावेश गरेको छ ।

पछिल्लो अध्यावधिक: असार २१, २०८० १५:७