close

थ्रेड्स आएपछि द्वीटरले सुटुक्क हटायो ट्वीट हेर्न लगइन गर्नेपर्ने बाध्यता

टेकपाना टेकपाना

असार २१, २०८० १८:११

थ्रेड्स आएपछि द्वीटरले सुटुक्क हटायो ट्वीट हेर्न लगइन गर्नेपर्ने बाध्यता

 

काठमाडौं । द्वीटरले हालै सार्वजनिक गरेको ट्वीट हेर्न अकाउन्ट लगइन गर्नुपर्ने फिचर सुटुक्क हटाएको छ । यसको अर्थ अब प्रयोगकर्ताले अकाउन्ट नभए पनि ब्राउजरमा ट्वीटरको लिङ्क सर्च गरेर ट्रीट हेर्न सक्नेछन् ।

द भर्जले एक रिपोर्ट सार्वजनिक गर्दै द्वीटरले मेटाको थ्रेड्स सार्वजनिक हुनुअघि प्रतिबन्ध हटाएको जानकारी दिएको हो । अधिकांश प्रयोगकर्ताले अकाउन्ट लगइन नगरेरै ट्वीट हेर्न पाइरहेका छन् भने केही प्रयोगकर्ताले लिङ्कको बाहेक अन्य ट्वीट हेर्न पाइरहेका छैनन् ।

एलन मस्कले 'डेटा स्क्रयाबिङबाट जोगाउन यस्तो प्रतिबन्ध लगाएको बताएका थिए । मस्कको उक्त घोषणापछि थुप्रै प्रयोगकर्ता द्विविधामा परेका थिए । यससँगै द्वीटर पुनः विवादमा तानिएको थियो । तर बुधबार द्वीटरको प्रतिद्वन्द्वी प्लेटफर्म थ्रेड्स सार्वजनिक भएपछि ट्रीटरले सुटुक्ट उक्त प्रतिबन्ध हटाउन सुरु गरेको छ ।

यता ट्रीटरको प्रतिद्वन्द्वी प्लेटफर्मका रूपमा मेटाले सार्वजनिक गरेको थ्रेड्सले राम्रो चर्चा पाइरहेको छ । एप सार्वजनिक भएको सात घण्टामै थ्रेड्सले एक करोड प्रयोगकर्ताको आँकडा पार गरेको थियो । अहिले उक्त प्लेटफर्मले मिश्रित प्रतिक्रिया पाइरहेको छ ।

पछिल्लो अध्यावधिक: असार २१, २०८० १८:११