close

थ्रेड्स आएपछि द्वीटरले सुटुक्क हटायो ट्वीट हेर्न लगइन गर्नेपर्ने बाध्यता

टेकपाना टेकपाना

असार २१, २०८० १८:११

थ्रेड्स आएपछि द्वीटरले सुटुक्क हटायो ट्वीट हेर्न लगइन गर्नेपर्ने बाध्यता

काठमाडौं । द्वीटरले हालै सार्वजनिक गरेको ट्वीट हेर्न अकाउन्ट लगइन गर्नुपर्ने फिचर सुटुक्क हटाएको छ । यसको अर्थ अब प्रयोगकर्ताले अकाउन्ट नभए पनि ब्राउजरमा ट्वीटरको लिङ्क सर्च गरेर ट्वीट हेर्न सक्नेछन् ।

द भर्जका अनुसार ट्वीटरले मेटाको थ्रेड्स सार्वजनिक हुनु एक दिनअघि मात्रै याे फिचर हटाएकाे हाे । ​ट्वीटर मालिक एलन मस्कले 'डेटा स्क्र्यापिङ' बाट जोगाउन यस्तो प्रतिबन्ध लगाएको बताएका थिए । मस्कको उक्त घोषणापछि थुप्रै प्रयोगकर्ता द्विविधामा परेका थिए ।

यससँगै द्वीटर पुनः विवादमा तानिएको थियो । ट्रीटरको प्रतिद्वन्द्वी प्लेटफर्मका रूपमा मेटाले ल्याएकाे थ्रेड्सले अहिले सामाजिक सञ्जालकाे दुनियाँमा राम्रै चर्चा पाइरहेको छ ।

एप सार्वजनिक भएको सात घण्टामै थ्रेड्सले एक करोड प्रयोगकर्ताको आँकडा पार गरेको थियो । अहिले यस प्लेटफर्मले मिश्रित प्रतिक्रिया पाइरहेको छ ।

पछिल्लो अध्यावधिक: असार २१, २०८० १९:१८