close

बीएमडब्लूको नयाँ विद्युतीय गाडी ‘आईएक्स–३’ नेपाली बजारमा, मूल्य २ करोड ३० लाख रुपैयाँ

टेकपाना टेकपाना

साउन १, २०८० १७:५७

बीएमडब्लूको नयाँ विद्युतीय गाडी ‘आईएक्स–३’ नेपाली बजारमा, मूल्य २ करोड ३० लाख रुपैयाँ

काठमाडौं । जर्मन प्रिमियम कार ब्राण्ड बीएमडब्लूको इलेक्ट्रिक एसयूभी आईएक्स–३ नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि बीएमडब्लूको आधिकारिक बिक्रेता लक्ष्मी प्रिमियम मोटर्सले इलेक्ट्रिक मोडेलको आईएक्स ३ नेपाल सार्वजनिक गरेको हो । 

प्रिमियम फिचर, सुरक्षा र उत्कृष्ट रेन्ज आईएक्स–३ को बलियो पक्ष भएकाे कम्पनीकाे भनाइ छ । यसमा ८० किलोवाट आवरको ब्याट्री रहेको छ, जसले सिङ्गल चार्जमा ४६० किलोमिटरसम्म रेन्ज दिने बताइएकाे छ । उक्त ब्याट्रीलाई १५० किलोवाट क्षमताको डीसी चार्जरले ३४ मिनेटमा शून्यबाट ८० प्रतिशत चार्ज गर्न सकिने छ । 

यसमा २१० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर पाउन सकिन्छ । कम्पनीले यसमा ५.० ई-ड्राइभ प्रविधि प्रयोग गरेको छ । यसको अधिकतम पावर २८५ पीएस र टर्क ४०० न्युटन मिटर रहेको छ ।

यात्रालाई रमणस्य बनाउन म्युजिकका लागि यसमा १६ ओटा स्पीकर प्रयोग गरिएको छ । हर्मोन कार्डनको साउन्ड सिस्टम भएकाले यसमा म्युजिकको उत्कृष्ट अनुभव लिन सकिन्छ ।

यसमा पानारोमीक ग्लास रुफको प्रयोग गरिएको छ, जसले गर्दा दिन र रातको समयमा खुल्ला आकाशको सिन हेर्न सकिन्छ । यही विशेषताले पनि कारलाई थप लक्जरी बनाएको कम्पनीकाे भनाइ छ ।

गाडीको ड्यासबोर्डमा १२.३ ईन्चको पूर्ण डिजिटल क्लस्टर र १२.३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ । वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, स्पोर्टी सिट, लेदर ‍र्‍याप गरिएको थ्री स्पोक स्टेरिङ ह्वील, एम्बियन्ट लाइटको कारण क्याबिनले निकै प्रिमियम फिल गराउँछ ।

यसमा स्टाइलिस डिजाइनमा तयार भएको एसएभीमा २० ईन्चको एरोडायनामीक ह्वील पाउन सकिन्छ । कम्पनीले इलेक्ट्रिक बीएमडब्लू आईएक्स ३ को मूल्य दुई करोड २९ लाख ९६ हजार रुपैयाँ तोकेको छ ।

पछिल्लो अध्यावधिक: साउन १, २०८० १८:५