close

एनआईसी एसिया बैंकको मोबाइल बैंकिङमा समस्या

टेकपाना टेकपाना

साउन १, २०८० १८:३४

एनआईसी एसिया बैंकको मोबाइल बैंकिङमा समस्या

काठमाडौं । एनआईसी एसिया बैंकको मोबाइल एप्लिकेसन मो. बैंकमा समस्या आएको छ । बैंकका सेवाग्राहीले साेमबार बिहानदेखि मोबाइल बैंकिङ एपमा समस्या आएको गुनासो गरेका छन् ।

सेवाग्राहीले गुनासो गरेपछि बैंकले एक सूचना जारी गर्दै मोबाइल बैंकिङ सेवामा समस्या आएको पुस्टि गरेको छ । “हाम्रो मोबाइल बैंकिङ (NIC ASIA MoBank) एपमा अप्रत्याशित रुपमा प्राविधिक समस्या उत्पन्न भई सेवा सञ्चालनमा केही समस्याहरू देखिएको छ,” बैंकले सूचनामा लेखेको छ, “बैंकको मोबाइल बैंकिङ सेवालाई यथाशीघ्र सहज बनाउने काम भइरहेको व्यहोरा जानकारी गराउँदछौं ।”

बैंकले के कस्तो प्राविधिक समस्या हो भन्ने कुरा उल्लेख गरेको छैन । 

 

पछिल्लो अध्यावधिक: साउन १, २०८० १८:३४