close

एसईई उत्तीर्ण विद्यार्थीलाई ३ जीबी डेटा र ६०० मिनेट भ्वाइससहित टेलिकमको निःशुल्क सिम

टेकपाना टेकपाना

साउन १०, २०८० ९:५९

एसईई उत्तीर्ण विद्यार्थीलाई ३ जीबी डेटा र ६०० मिनेट भ्वाइससहित टेलिकमको निःशुल्क सिम

काठमाडौं । नेपाल टेलिकमले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० उत्तीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिम वितरण गर्ने भएको छ । यो अफर साउन ३० गतेसम्म लागू हुनेछ ।

यस अन्तर्गत सिम लिन चाहने इच्छुक विद्यार्थीले एसईई प्रवेश पत्रको फोटोकपी, एसईईको ग्रेड शिट, पासपोर्ट साइजको आफ्नो एउटा फोटो, आफ्नो वा अभिभावकको परिचयपत्र लिएर नजिकको नेपाल टेलिकमको कार्यालयमा जानुपर्ने हुन्छ ।

सिम प्राप्त गरी एक्टिभ गर्नासाथ विद्यार्थीले १० रुपैयाँ मेन ब्यालेन्स, ६० एमबी डेटा, ४० मिनेट अन नेट कुराकानी र ३० ओटा एसएमएस सेवा पाउनेछन् । त्यस्तै ३० दिनसम्म हरेक दिन १०० एमबीका दरले डेटा, २० मिनेट अननेट भ्वाइस प्याक र १० ओटा अननेट एसएसएस पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पुरानो सिममा पनि ३० दिनसम्म उपहार पाउन सकिनेछ । पुरानो सिम लिएका विद्यार्थीले *१६००# डायल गरी सेवा एक्टिभेट गर्न सक्नेछन् । 

त्यस्तै ५० भन्दा बढीको रिचार्ज गर्दा सो सिममा ५०० एमबी डेटा, ५० मिनेट अननेट भ्वाइस र ५० ओटा अननेट एसएमएस पाउनेछन् । जसको भ्यालिडिटी तीन दिनसम्म हुनेछ । 

पुरानो सिम भएका विद्यार्थीले कसरी एक्टिभेट गर्ने यो सेवा ?

- सबैभन्दा पहिले *१६००# डायल गरि कल गर्नुहोस् । 

- त्यसपछि 2 टाइप गरि सेन्डको बटनमा थिच्नुहोस् । 

- अनि अल्फाबेट नराखी आफ्नो सिम्बल नम्बर टाइप गर्नुहोस् (उदाहरणका लागि 034478901), र सेन्डको बटनमा थिच्नुहोस् । 

- यति गरपेछि अर्को पेज खुल्छ । सो पेजमा आफ्नो जन्ममिति राख्नुहोस् (उदाहरणका लागि २०६५०१०१), र सेन्ड गर्नुहोस् । 

- सेन्ड भइसकेपछि तपाईंको सिममा एसईई अफर २०८० एक्टिभ हुन्छ ।

पछिल्लो अध्यावधिक: साउन १०, २०८० ९:५९