close

यस्तो छ सामसङको नयाँ ट्याब्लेट सिरिज ‘एस नाइन’

टेकपाना टेकपाना

साउन ११, २०८० १४:३४

यस्तो छ सामसङको नयाँ ट्याब्लेट सिरिज ‘एस नाइन’

 

काठमाडौं । ग्यालेक्सी ट्याब एस लाइनअपमा नयाँ सिरिज थपिएको छ । बुधबार कोरियामा आयोजित सामसङको अनप्याक्ड इभेन्टमा कम्पनीले कन्टेन्ट क्रियटरलाई केन्द्रित गर्दै एन्ड्रोइड ट्याब्लेट सार्वजनिक गरेको हो । 

ट्याब एस नाइनको इन्ट्री लेभल मोडल ११ इन्चको छ, प्लस मोडेल १२.४ इन्च र अल्ट्रा मोडेल १४.६ इन्चको रहेको छ । आगामी अगस्ट ११ मा उपलब्ध हुने यो ट्याबले गुगल पिक्सेल ट्याब्लेट, वनप्लस प्याड र लेनोभो ट्याब एक्ट्रिमसँग कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

१२० हर्ज रिफ्रेस रेट सहितको डाइनामिक एमोलेड टु एक्स डिस्प्ले भएको यो ट्याब्लेट एन्ड्रोइड १३ मा आधारित छ । यसमा स्न्यापड्रागन ८ जेन टु एसओसी प्रोसेसर दिइएको छ । यो ट्याब्लेट १२ र १६ जीबी र्‍याम भेरियन्ट तथा २५६ जीबी, ५१२ जीबी र १ टीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ ।

क्यामेराको सन्दर्भमा भने यसमा १२/१२ मेगापिक्सेलका दुई ओटा अल्ट्रावाइड फ्रन्ट क्यामेरा र १३ मेगापिक्सेल तथा ८ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा रहेको छ । यसमा कम्पनीले ११, २०० एमएएच क्षमताको ब्याट्री उपलब्ध गराएको छ ।

ट्याब एस नाइन प्लसमा भने १०, ०९० एमएएच क्षताको ब्याट्री दिइएको छ । ट्याब एस नाइनभन्दा नाइन प्लस के कुरामा फरक छ भने यसमा एउटा मात्र फ्रन्ट क्यामेरा छ । ट्याब एस नाइनको सुरुवाती मूल्य ७९९.९९ डलर (करिब एक लाख पाँच हजार रुपैयाँ) रहेको छ ।

पछिल्लो अध्यावधिक: साउन ११, २०८० १४:५३