close

एनसेलले ल्यायो नयाँ अफर, ७५ रुपैयाँमा पाँच घण्टासम्म अनलिमिटेड डेटा चलाउन पाइने

टेकपाना टेकपाना

साउन १४, २०८० १९:७

एनसेलले ल्यायो नयाँ अफर, ७५ रुपैयाँमा पाँच घण्टासम्म अनलिमिटेड डेटा चलाउन पाइने

काठमाडौं । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले बिन्दास डेटा प्याक सार्वजनिक गरेको छ । कम्पनीले जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि पाँच घण्टासम्म अनलिमिटेड प्रयोग गर्न सकिने डेटा प्याक ल्याएको हो । 

एनसेल आजियाटा लिमिटेडले प्रयोगको समयमा आधारित अफरको रूपमा ‘बिन्दास डेटा प्याक’ ल्याइएको जनाएको छ । कम्पनीका ग्राहकले सजिलैसँग कर सहित  ७५ रुपैयाँमा यो प्याक लिन सक्ने छन् । प्याकको समयावधि तीन दिन रहेको छ । 

जसअनुसार ग्राहकहरूले कुनै डेटा भोलुम सीमा रहित किसिमले तीन दिनसम्म कूल पाँच घण्टाको लागि अनलिमिटेड डेटा पाउने छन् ।

एनसेलका ग्राहकले *१७१२३*३# डायल गरी यो प्याक लिन सक्ने छन् । त्यसैगरी एनसेल एप, एनसेलको वेबसाइट र नजिकैको एनसेलको आधिकारिक खुद्रा बिक्रेताबाट पनि यो प्याक लिन सकिनेछ । 

सुलभ दरमा निश्चित अवधिका लागि डेटा सेवा आवश्यक रहेका ग्राहकका लागि यो बिन्दास डेटा प्याक उचित विकल्प हुने कम्पनीले जनाएको छ । हालै मात्र, कम्पनीले बिन्दस भ्वाइस प्याक पनि ल्याएको थियो । जसमा कम्पनीका ग्राहकले कर सहित २५ रुपैयाँमा १२ घण्टा (बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म) कुनै पनि नेटवर्कमा कुराकानी गर्न मिल्ने टक टाइम खरिद गर्न सक्छन् ।


 

पछिल्लो अध्यावधिक: साउन १४, २०८० १९:७