close

पब्जीसँगको सहकार्यमा नेपालमै पहिलो पटक गेमिङ प्याकेज ल्याउँदै वर्ल्डलिङ्क

टेकपाना टेकपाना

साउन १७, २०८० १८:२७

पब्जीसँगको सहकार्यमा नेपालमै पहिलो पटक गेमिङ प्याकेज ल्याउँदै वर्ल्डलिङ्क

काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सले पब्जी मोबाइलसँगको सहकार्यमा नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने तयारी गरेको छ । ईस्पोर्टस् समुदायलाई लक्षित गर्दै वर्ल्डलिङ्कले भोलि बिहीबार गेमिङ प्याकेज ल्याउन लागेको हो ।

यो प्याकेज केही ई-स्पोर्ट्स खेलाडीले परीक्षणका रूपमा प्रयोग गर्दै आएका थिए, जसबाट पब्जीको लेटेन्सी एकदमै न्यून पाइएको कम्पनीकाे भनाइ छ । उक्त प्याकेज ‘प्रो गेमिङ वाई-फाई सिक्स’ राउटरको साथमा उपलब्ध हुनेछ । यसबाट ई-स्पोर्ट्समा अहिले देखिएको लेटेन्सीको समस्या सम्बोधन हुने अपेक्षा गरिएको छ ।

बिहिबार राति ८ बजे वर्ल्डलिङ्कको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरेर प्याकेज सार्वजनिक गर्ने कम्पनीको तयारी छ । कम्पनीका अनुसार पब्जीसँगको सहकार्यमा नेपालमै पहिलोपटक यस्तो प्याकेज ल्याउन लागिएको हो ।

पछिल्लो अध्यावधिक: साउन १७, २०८० १८:४१