close

२०० मेगापिक्सेल क्यामेरा भएको अनर ९० नेपाली बजारमा आउँदै, कति होला मूल्य ?

टेकपाना टेकपाना

साउन १८, २०८० १३:३८

२०० मेगापिक्सेल क्यामेरा भएको अनर ९० नेपाली बजारमा आउँदै, कति होला मूल्य ?

काठमाडौं । नेपाली बजारमा अनरका दुई माेडेलका स्मार्टफोन सार्वजनिक हुने भएका छन् । अनरका लागि नेपालको आधिकारिक बिक्रेता सेल्ट्रोन नेपाल प्रालिले आउँदाे बुधबार अनर ९० र अनर ९० लाइट सार्वजनिक गर्न लागेकाे हाे ।

क्यामेरा र प्रोसेसरका सन्दर्भमा उत्कृष्ट मानिएका यी फोनको प्रि-बुकिङ गर्दा विभिन्न गिफ्ट पाउन सकिनेछ । 

कस्तो छ अनर ९० फाइभजी ?

अनर ९० मा १२० हर्ज रिफ्रेस रेट भएको ६.७ इन्च एमोलेड डिस्प्ले छ । यसमा स्न्यापड्रागन सेभेन जेन वन चिपसेट राखिएको छ ।

एन्ड्रोइड १३ बाट सञ्चालित यो फोन म्याजिक ओएस ७.१ मा आधारित छ । यसमा २०० मेगापिक्सेलको अल्ट्रा क्लियर, १२ मेगापिक्सेलको अल्ट्रा वाइड तथा म्याक्रो र २ गापिक्सेलको डेप्थ सेन्सर गरी तीन ओटा रियर क्यामेरा रहेका छन् । सेल्फी पारखीका ५० मेगापिक्सेलको क्यामेरा छ । 

१२ जीबी र्‍याम हुने यो फोन २५६ र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

५००० एमएएएच क्षमताको ब्याट्री भएको यस फोनमा कम्पनीले ६६ वाट अनर सुपर चार्ज उपलब्ध गराउने बताएको छ । अनर ९० फाइभजीको सुरुवाती मूल्य ६५ हजार रुपैयाँभन्दा कम हुने कम्पनीले बताएको छ । यद्यपि वास्तविक मूल्य बाहिर आएको छैन । 

कस्तो छ अनर ९० लाइट ?

अनर ९० लाइटमा ९० हर्ज रिफ्रेश रेट भएको ६.७ इन्च एलटीपीएस एलसीडी डिस्प्ले छ । यसमा मिडियाटेक डाइमेन्सिटी ६०२० चिपसेट राखिएको छ । एन्ड्रोइड १३ द्वारा सञ्चालित यो फोन म्याजिक ओएस ७.१ मा आधारित छ ।

यसमा १०० मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रा वाइड तथा म्याक्रो र २ मेगापिक्सेलको डेप्थ सेन्सर गरी तीन ओटा रियर क्यामेरा रहेका छन् । सेल्फी पारखीका लागि यसमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा समावेश गरिएको छ । 

यो फोन नेपाली बजारमा ८ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल भेरियन्टमा मात्र उपलब्ध हुनेछ । ४५०० एमएएएच क्षमताको ब्याट्री भएको यस फोनमा कम्पनीले २२.५ वाट अनर सुपर चार्ज उपलब्ध गराउने बताएको छ । फोनको सुरुवाती मूल्य ३५ हजार रुपैयाँभन्दा कम हुने बताइएकाे छ । यद्यपि वास्तविक मूल्य बाहिर आइसकेको छैन । 

प्रि-अर्डर गर्दा गिफ्ट पाइने

फोन बुधबार सार्वजनिक हुने भए पनि यसको प्रि-अर्डर खुलिसकेको छ । अनर ९० प्रि-अर्डर गर्दा अनर वाच फोर र अनर ९० लाइट प्रि-अर्डर गर्दा अनर एयरबड्स एक्स फाइभ उपहार पाइनेछ ।

प्रि-अर्डर अनलाइन तथा पसलहरूबाट गर्न सकिन्छ । त्यसबाहेक यी दुवै फोन ईएमआईमा समेत खरिद गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: साउन १८, २०८० १६:३१