close

नास्टको उपकुलपतिमा प्राडा. सुब्बा नियुक्त

टेकपाना टेकपाना

साउन २०, २०८० ६:४४

नास्टको उपकुलपतिमा प्राडा. सुब्बा नियुक्त

काठमाडौं । प्राध्यापक डाक्टर दिलीप सुब्बा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपतिमा नियुक्त भएका छन् । प्रधानमन्त्री एवं नास्टका कुलपति पुष्पकमल दाहालले नास्टको कार्यकारी नेतृत्वमा प्राडा. सुब्बालाई नियुक्त गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति अशोक राईको अध्यक्षमा रहेको सिफारिस समितिले सुब्बासहित तीन जनाको नाम सिफारिस गरेको थियाे । नास्टका पूर्वसचिव समेत रहेका सुब्बालाई यसअघि निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।

उपकुलपतिको कार्यकाल चार वर्षको रहने व्यवस्था छ ।

पछिल्लो अध्यावधिक: साउन २०, २०८० १९:३६