close

फ्रिजबाट पानी चुहिरहन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

साउन २०, २०८० १५:१६

फ्रिजबाट पानी चुहिरहन्छ ? यसो गर्नुहोस्

काठमाडौं ।  घर, पसल वा कार्यालयमा भएको फ्रिज (रेफ्रिजेरेटर) बाट नियमित रूपमा पानी चुहिने समस्या छ भने यसलाई बेवास्ता गर्नुहुन्न । यस्तो समस्या भए फ्रिज र भुइँ बिग्रन सक्छ । तर यसलाई सजिलैसँग आफैंले पनि समाधान गर्न सकिन्छ ।

पानीको स्रोत हेर्नुहोस्

फ्रिजबाट पानी चुहिनुको कारण त्यसमा कतैबाट पानी आउनु हो । यदि फ्रिजमा बरफ (आइस) राम्रो बनेन वा डिस्पेन्सरमा पानी कम आइरहेको छ भने पानीको स्रोत हेर्नुहोस् । तर यो काम गर्नुअघि रेफ्रिजेरेटरलाई अनप्लग गर्नुहोस् । र, फुट्न वा क्षति हुनसक्ने वस्तुहरू फ्रिजबाट निकाल्नुहोस् ।

अब फ्रिजलाई राखेको ठाउँबाट बाहिर निकाल्नुहोस् । त्यहाँ आइस मेकर र पानी फिल्टरलाई जोड्ने प्लास्टिकको नली खोज्नुहोस् । यदि त्यो नलीबाट पानी चुहिरहेको छ भने त्यसलाई फेर्नुहोस् । किनकि यसबाट नै पानी चुहिएको हुन सक्छ । 

फ्रिज राखेको ठाउँ हेर्नुहोस्

कहिलेकाहीँ अलि ओरालो वा सतह नमिले ठाउँमा फ्रिज राखिएको हुन सक्छ । यसले गर्दा पनि ड्रेन प्यानबाट पानी चुहिन सक्छ । यसैले फ्रिज नढल्ने गरी मिलाएर राख्नुहोस् ।

फ्रिजमा हुने बबल (राखेको तह जाँच्ने) बीचमा पार्ने गरी फ्रिजको बसाइँ मिलाउनुहोस् । फ्रिज राखेको ठाउँ मिलेको छैन भने स्क्रूहरू बढाएर वा घटाएर पनि यो काम गर्न सकिन्छ । तर यसो गर्दा तपाईंले फ्रिजको ढोका भने लगाउनुपर्ने हुन्छ ।

ड्रेन प्यान निरीक्षण गर्नुहोस्

कहिलेकाहीँ फ्रिजमा भएको ड्रेन प्यान भाँचिएर पनि पानी चुहिन सक्छ । किनभने फुटेको प्यानबाट वाष्पीकरण हुने पानी निस्कन सक्छ । ड्रेन प्यान तपाइँको फ्रिजकाे पछाडि मुनि हुने गर्छ । यसमा केही पानी सधैं हुने गर्छ ।

डिफ्रोस्ट ड्रेन निरीक्षण गर्नुहोस्

डिफ्रोस्ट ड्रेन एउटा सानो ट्युब हो, जसले फ्रिजरबाट पानी निकाल्न मद्दत गर्छ । फ्रिज भरिने गरी सामानहरू राख्दा यसमा असर पर्न सक्छ । यदि त्यसो भए पानी राम्ररी निकास हुन पाउँदैन । त्यो पानी फ्रिजमा नै बस्छ । यसले गर्दा पानी चुहिन सक्छ । यदि त्यो ट्युब अवरुद्ध भएको छ भने तपाईंले तातो पानीले फ्लश गर्न सक्नुहुन्छ ।

आइस मेकरको निरीक्षण गर्नुहोस्

आइस मेकरमा जाने इनलेट ट्युब बिग्रे पनि फ्रिजबाट पानी चुहिन सक्छ । त्यो भए/नभएको जाँच गर्न फ्रिज अनप्लग गर्नुहोस् ।

स्क्रूहरू खोल्नुहोस् र त्यसपछि तारहरूको हार्नेस अनप्लग गर्नुहोस् । अब त्यहाँ बाँकी रहेका बरफलाई पग्लाउन हेयर ड्रायर प्रयोग गर्नुहोस् । यसरी आईस मेकरलाई तपाईंलाई घरमै मर्मत गर्न सक्नुहुन्छ ।

इनलेट भल्भ निरीक्षण गर्नुहोस्

फ्रिजको पछाडि इनलेट भल्भ हुन्छ । यसले आइस मेकरका लागि पानी खोल्ने र बन्द गर्ने काम गर्छ । यसमा समस्या हुँदा पनि पानी चुहिने समस्या हुन सक्छ ।

यसलाई निरीक्षण गर्न स्याडल भल्भमा पानी बन्द गर्नुहोस्, यो फ्रिजमुनि रहेको हुन्छ । अब त्यस ट्युबलाई समातेर स्याडल भल्भ खोल्नुहोस् । यदि स्याडल ट्युबबाट पानी बग्छ भने त्यो बिग्रेको हुन्छ । त्यसमायाँ ट्युब  राख्नुपर्ने हुन्छ ।

वाटर डिस्पेन्सर

कहिलेकाहीँ वाटर डिस्पेन्सरमा पानी बाँकी रहेको हुन सक्छ । त्यसो हुँदा पानी चुहिन सक्छ । यसकारण डिस्पेन्सरलाई बारम्बार सफा गर्नुपर्ने हुन्छ । त्यसो गर्दा केही मिनेट पानी गएको हेर्ने र त्यो अवधिमा पानी चुहिए त्यसो नदिन पुन: सफा गर्नुपर्ने हुन्छ । 

इभ्यापोरेटर फ्यान मोटर

बिग्रेको इभ्यापोरेटरले फ्रिजलाई चिसो बनाइराख्न सक्दैन । यसो हुँदा पनि पानी चुहिन सक्छ । यस फ्यान मोटरलाई धुलो लगायतले असर पार्न सक्छ । त्यसैले यसबाट बच्न समय समयमा तपाईंले लामो ब्रशको सहायतामा सफा गर्न सक्नुहुन्छ । 

ढोकाको निरीक्षण गर्नुहोस्

विश्वास गर्नस् वा नगर्नुस्, फ्रिजको ढोका जसले राम्ररी लगाउँदैन, उसको फ्रिजबाट पानी चुहिन सक्छ । यसमा तापक्रम लगायतका अन्य कुराहरूले असर पार्न सक्छ । यसकारण फ्रिजको ‘डोर ग्याँसकेट्स’ र ‘सिल’ राम्ररी हेर्नुहोस् । यदि तिनीहरू बिग्रेका छन् भने फेर्नुपर्ने हुन्छ ।

यसरी तपाईंले आफैं पनि फ्रिजबाट पानी चुहिने समस्याको पहिचान र समाधान गर्न सक्नुहुन्छ । यदि यति गर्दा पनि अझै फ्रिजबाट पानी चुहिरहे तपाईंले प्राविधिकलाई बोलाएर देखाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: साउन २०, २०८० १५:३०