close

तपाईंको नग्न फोटो वा भिडिओ इन्टरनेटमा भाइरल बनिरहेको त छैन ? यसरी हटाउन लगाउनु होस्

टेकपाना टेकपाना

साउन २१, २०८० १३:३८

तपाईंको नग्न फोटो वा भिडिओ इन्टरनेटमा भाइरल बनिरहेको त छैन ? यसरी हटाउन लगाउनु होस्

काठमाडौं । मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग बढ्दै जाँदा यसको दुरुपयोग हुने क्रम समेत उत्तिकै देखिएको छ । सामाजिक सञ्जालमा रहेका प्रयोगकर्ताका निजी फोटोलाई फोटोशप अश्लील फोटो तथा भिडिओ बनाउने प्रवृत्ति समेत पछिल्लो समय बढ्दै गएको छ ।

यतिसम्म कि अहिलेको समयमा डिप फेक तथा एआई टुल प्रयोग गरी बनाइने नग्न तस्वीरहरू कतिपयलाई वास्तविक जस्तै देखिने गरेका हुन्छन् । यसबाट व्यक्तिको चरित्रहत्या मात्र नभई ब्ल्याक मेल गर्ने जस्ता अपराधका घटना समेत सतहमा आइरहेका हुन्छन् ।

स्टप नन-कन्सेन्सुअल इन्टिमेट इमेज अब्युज अर्थात स्टपएनसीआईआई डट ओआरजी अन्तर्राष्ट्रिय गैरनाफा मूलक संस्था एसडब्लूजीएफएलको रिभेन्ज पोर्न हेल्पलाइनबाट सञ्चालित साइट हो ।

सन् २००० मा स्थापित एसडब्लूजीएफएलले अनलाइनमा सबैलाई संरक्षण दिन विश्वभरका साझेदार तथा सरोकारवालाहरूसँग मिलेर काम गर्छ । रिभेञ्ज पोर्न हेल्पलाइन भने सन् २०१५ मा स्थापना भएको थियो ।

जसले सहमति विपरित व्यक्तिगत गोप्य तथा नग्न तस्वीरको दुरुपयोगबाट पीडितहरूलाई सहयोग गर्दै आएको छ । यसरी रिपोर्ट गर्दा त्यस्ता फोटो तथा भिडिओ हट्ने दर ९० प्रतिशत भन्दा बढी रहेको बताइन्छ र हालसम्म यसले दुई लाखभन्दा बढी मानिसका सहमति विपरित इन्टरनेटमा राखिएका फोटोहरू हटाइसकेको छ । 

आज हामी तपाईंको फोटोलाई फोटोशप तथा एआई टुल प्रयोग गरी नग्न बनाएको अवस्थामा सारा इन्टरनेटबाटै त्यस्तो फोटो हटाउन स्टपएनसीसीआईमा कसरी उजुरी दिने भन्ने विषयमा बताउँदै छौं ।

 

कसरी हटाउने फोटोशप तथा एआई प्रयोग गरी बनाइएको नग्न फोटो ?

  • यसका लागि सबैभन्दा पहिला यहाँ क्लिक गर्नुहोस् ।
  • वेबसाइटमा रहेको क्रियट योर केस (Create Your Case) नामक बटनमा क्लिक गर्नुहोस् । अब त्यहाँ तपाईंले  सुरुमा आफ्नो दुरुपयोग गरिएको तस्वीर वा भिडिओ खिच्दाको समयमा आफ्नो उमेर १८ वर्ष मुनी वा माथि रहेको कुरा खुलाउनु पर्ने हुन्छ ।  
  • त्यसपछि उक्त फोटो वा भिडिओमा भएको व्यक्ति आफू तथा आफ्नो चिनजानको मानिस हो वा अन्य कुनै व्यक्ति हो स्पष्ट पार्नुहोस् । यस्तै वास्तविक तस्वीर लिंदाको आफ्नो अवस्था समेत खुलाई आफ्नो वास्तविक फोटो तथा भिडिओ अपलोड गर्नुहोस् । जसमा २० ओटासम्म भिडिओ तथा फोटो अपलोड गर्न सकिन्छ । 
  • यसरी रिपोर्ट गरेपछि तपाईंको त्यस्तो फेक नग्न फोटो इन्टरनेटका सबै स्थानबाट हटाउने काम सुरु हुन्छ ।
  • यसका लागि तपाईंले कसैसँग प्रत्यक्ष कुराकानी पनि गर्नु पर्दैन र तपाईंको परिचय समेत गोप्य राखिन्छ ।
  • यसरी कसैले तपाईंको फोटो भाइरल बनाइरहेको छ भने साइबर सुरक्षा क्षेत्रमा काम गर्ने व्यक्ति तथा नेपाल प्रहरीको साइबर ब्यूरोमा खबर गर्न सक्नु हुन्छ ।

 

पछिल्लो अध्यावधिक: साउन २१, २०८० १४:१२