close

अकाउन्ट भेरिफाई गर्न ‘पास की’ राख्नुपर्ने फिचर ल्याउँदै ह्वाट्सएप

टेकपाना टेकपाना

साउन २४, २०८० १२:२०

अकाउन्ट भेरिफाई गर्न ‘पास की’ राख्नुपर्ने फिचर ल्याउँदै ह्वाट्सएप

काठमाडौं । ह्वाट्सएपले प्रयोगकर्ताको अकाउन्ट भेरिफाई गर्न 'पास की' फिचर ल्याउने भएको छ । ह्वास्टएसपको नयाँ भर्सन २.२३.१७.५ सँगै कम्पनीले अकाउन्ट प्रमाणित गर्न 'पास की' राख्नुपर्ने फिचर ल्याउन लागेको हो ।

यो भर्सन प्लेस्टोरमा उपलब्ध भइसकेको भए पनि पास की फिचर उपलब्ध भइसकेको छैन । हाल विकासकाे क्रममा रहेको यो फिचरले अकाउन्ट सुरक्षित राख्न मद्दत गर्ने बताइएको छ । ह्वाट्सएपको नयाँ अपडेटबारे जानकारी दिने प्लेटफर्म डब्लुएबेटा इन्फोका अनुसार यो फिचर आगामी अपडेटमा उपलब्ध हुनेछ ।

पास की  भन्नाले अक्षर वा अङ्कको सिक्वेन्स हो, जसको प्रयोगमार्फत प्रयोगकर्ताले अकाउन्ट भेरिफाइ गर्न सक्छन् । सेक्युरिटी कोडका रूपमा काम गर्ने पास कीलाई प्रयोगकर्ताले सम्झिरहनु पर्दैन । किनभने यस्तो पास की गुगलको पासवर्ड मेनेजरमा भण्डारण भएको हुन्छ ।

ह्वाट्सएपले यही प्रविधि अकाउन्ट भेरिफाई गर्नका लागि प्रयोग गर्न लागेको हो । त्यसबाहेक पनि पासकीले प्रयोगकर्ताको पहिचान प्रमाणित गर्न उनीहरूको फिङ्गरप्रिन्ट, फेस वा स्क्रिन लक प्रयोग गर्छ । यसले गर्दा पिनको तुलनामा अकाउन्ट बढी सुरक्षित हुने बताइएको छ ।

त्यस्तै गुगलको पासवर्ड मेनेजरमा  पास की सुरक्षित रूपमा भण्डारण भएका हुन्छन् । जसले गर्दा प्रयोगकर्ताको अकाउन्ट अनधिकृत रूपमा अरूको पहुँचमा हुनबाट जोगिने कम्पनीको विश्वास छ । 

 

पछिल्लो अध्यावधिक: साउन २४, २०८० १२:२०