close

कोशी प्रदेशमा वर्ल्डलिङ्कका ग्राहक १ लाख माथि, अनाथालयलाई ग्राहक बराबरकै रकम सहयोग

टेकपाना टेकपाना

साउन २५, २०८० १२:३०

कोशी प्रदेशमा वर्ल्डलिङ्कका ग्राहक १ लाख माथि, अनाथालयलाई ग्राहक बराबरकै रकम सहयोग

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले कोशी प्रदेशमा ग्राहक सङ्ख्या एक लाख पुगेको उपलक्ष्यमा अनाथ आश्रमलाई आर्थिक सहयोग गरेको छ । कम्पनीले विराटनगर स्थित  पूर्वाञ्चल अनाथ आश्रमलाई एक लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको हो ।  

विराटनगर महानगरपालिकाका महानगर प्रमुख नागेश कोइराला र वर्ल्डलिङ्कका क्षेत्रीय प्रबन्धक शंकर शिवाकोटीले संयुक्त रूपमा उक्त सहयोग रकम पूर्वाञ्चल अनाथ आश्रमकी संस्थापक सीता पोखरेललाई हस्तान्तरण गरे । कोशी प्रदेशमा कम्पनीको सेवा एक लाख भन्दा धेरै ग्राहकको घर परिवारमा पुगेको छ ।

त्यसैको खुसियालीमा कम्पनीले ती ग्राहकको भावना स्वरूप  आर्थिक सहयोग गरिएको वर्ल्ड्लिङ्क कम्युनिकेसन्सका क्षेत्रीय प्रबन्धक शङ्करराज शिवाकोटी बताए । “सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रममा आश्रित बालबालिकाको शिक्षा र बृद्धबृद्धाको स्वास्थ्यका लागी उक्त रकम उपलब्ध गराएका हौं,” उनले भने । 

जेठ २०४४ मा पोखरेलको अध्यक्षतामा सुरु भएको पूर्वाञ्चल अनाथ आश्रमले स्थापनाको ४० वर्षमा सयौं बालबालिका र अनाथलाई आश्रय दिएको छ । सुरुमा तीन जना बालबालिकालाई आश्रय दिएर एक मुठी चामल र हरेक घरबाट मासिक २ रुपैया दान सङ्कलन गरेर सञ्चालनमा ल्याइएको यो संस्थामा हाल करिब ७० जना बालबालिका आश्रित छन् ।

पोखरेलले आश्रमका सबै बालबालिकालाई उचित शिक्षा दीक्षा दिंदै आएकी छिन् । आश्रमबाट बिदा भएकाहरू विभिन्न क्षेत्रमा कार्यरत रहेका छन् । सबै आश्रितलाई छोराछोरी ठान्ने सीता पोखरेलले  हालसम्म ३२ जना आश्रितलाई आश्रम बाटै विवाह गरेर बिदा गरेकी छन् ।   

 

पछिल्लो अध्यावधिक: साउन २५, २०८० १२:३१