close

युरोपमा रोजगारी भन्दै सामाजिक सञ्जालमा भ्रामक विज्ञापन, सचेत रहन आग्रह

टेकपाना टेकपाना

साउन २७, २०८० ११:३२

युरोपमा रोजगारी भन्दै सामाजिक सञ्जालमा भ्रामक विज्ञापन, सचेत रहन आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले सामाजिक सञ्जालमा आएका रोजगारीको विज्ञापनमा विश्वास नगर्न आमनागरिकलाई सचेत गराएको छ । पछिल्लो समय युरोप रोजगारीका नाममा सामाजिक सञ्जालमा भ्रामक विज्ञापन गरी ठगी गर्ने क्रम बढेको भन्दै यस्ता विज्ञापनमा विश्वास नगर्न विभागले अनुराेध गरेकाे छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै विभागले रोमानिया, माल्टा, पोर्चुगल, क्रोएसिया, साइप्रस, टर्की, अल्बानिया, क्यानडाजस्ता देशमा काम गर्ने भिसामा पठाइदिने भन्दै सामाजिक सञ्जालमार्फत विज्ञापन गर्ने र ठगी गर्ने क्रम बढेका प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यस्ता भ्रामक विज्ञापनमार्फत युरोपमा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति वा प्रयोग गर्ने सामाजिक संस्थालाई कानून अनुसार कारबाहीका लागि खोजी गर्ने कार्य भइरहेको विभागले उल्लेख गरेकाे छ ।

पछिल्लो अध्यावधिक: साउन २७, २०८० ११:३२