काठमाडौं । रुसी सेनाले अमेरिकी प्रविधि कम्पनी एप्पलका उत्पादनमाथि प्रतिबन्ध लगाएको छ । यससँगै रुसका सैनिक जवानले एप्पलका आईफोन र आईप्याड उत्पादन प्रयोग गर्न नपाउने भएका छन् ।
इन्टरफ्याक्स समाचार एजेन्सीले शुक्रवार मन्त्री मकसुत शादेवलाई उद्धृत गर्दै लेखेको समाचारमा रुसको डिजिटल विकास मन्त्रालयले कर्मचारीहरूको कामका लागि एप्पल आईफोन तथा आईप्याडमाथि प्रतिबन्ध लगाएको उल्लेख छ ।
यससँगै त्यहाँका सैनिकले आफ्नो कुनै पनि कामसँग सम्बन्धित ईमेलका लागि एप्पल आईफोन तथा ट्याब प्रयोग गर्न सक्ने छैनन् । यद्यपि व्यक्तिगत आवश्यकताका लागि भने आईफोनको प्रयोग गर्न सक्ने अनुमति दिइएको छ ।
यसैबीच रुसी सेनासँग सम्बन्धित सामग्री डिलिट नगरेको भन्दै एप्पलमाथि जरिवाना समेत लगाइएको छ । उक्त सामग्री युक्रेन सैन्य अपरेसनसँग सम्बन्धित रहेको थियो ।
रुसले एप्पलसँगै गुगल, मेटाको फेसबुक र विकिमिडियाका सामग्रीको विषयलाई लिएर समेत जरिवाना गरेको छ । मन्त्रालयले यो प्रतिबन्ध मुख्य घरेलु सेवा, एफएसबीको दाबा आएको दुई महिनापछि जारी गरेको छ ।
जसमा भनिएको थियो कि अमेरिकाले जासूसी अभियानको परिणाम स्वरूप कयौं हजार एप्पल उपकरणसँग सम्झौता गरिएको थियो र तिनलाई टेम्पर्ड गरिएको थियो । यद्यपि एप्पलले भने यी आरोप खारेज गरेको छ ।
गत फेब्रुअरीमा एप्पलले रुसमा आफ्ना सबै प्रकारका उत्पादनको बिक्री रोकेको थियो । त्यससँगै एप्पल पे सर्भिस समेत बन्द गरिएको थियो ।
पछिल्लो अध्यावधिक: साउन २८, २०८० १४:५३
