close

आफ्नो जीवन कथा बिक्रीको सम्पूर्ण रकम वीरगन्ज कृषि औजार कारखाना मर्मतमा खर्चने महावीर पुनको घोषणा

टेकपाना टेकपाना

साउन २८, २०८० १७:४९

आफ्नो जीवन कथा बिक्रीको सम्पूर्ण रकम वीरगन्ज कृषि औजार कारखाना मर्मतमा खर्चने महावीर पुनको घोषणा

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले आफ्नो जीवन कथामा आधारित पुस्तकको बिक्रीबाट प्राप्त सम्पूर्ण रकम वीरगञ्ज कृषि औजार कारखाना मर्मतमा खर्च गर्ने घोषणा गरेका छन् । अबको एक महिनामा प्रकाशित हुने उक्त पुस्तकको विषयलाई लिएर पुनले सामाजिक सञ्जालबाट यस्तो घोषणा गरेका हुन् ।

उनले त्यससँगै पुस्तकमा रहेका केही विषयवस्तु समेत खुलाएका छन् । गाउँमा ७ कक्षासम्म पढ्दा विज्ञान भनेको के हो भन्ने कुरा थाहा नपाएको र आफूहरूलाई पढाउने गाउँकै बुढापाकाहरूले पनि स्कुल नपढेको उनले उल्लेख गरेका छन् ।

विज्ञान भनेको के हो भन्ने कुरा थाहा नपाइकनै आफूले विज्ञान सम्बन्धी पहिलो र अनौठो प्रयोग गरेको बताएका पुनले त्यो अनौठो प्रयोग के थियो भन्ने कुरा थाहा पाउन पुस्तक नै पर्खिनुपर्ने सङ्केत दिएका छन् ।

आठ कक्षामा पहिलो पटक पाठ्य पुस्तक पाएको, सोही समयताका बागलुङमा पहिलो पटक चलचित्रको बारेमा थाहा पाएको, बुबासँग पहिलो पटक पोखरा आउँदा दिनभर हवाईजहाज उडेको र अवतरण गरेको दृश्य हेरेको विषय समेत उनको पुस्तकमा पढ्न पाइनेछ ।

हाइ स्कुल पढ्न चितवन पुगेको कथा, पहिलो पटक चप्पल लगाएको कथा, पहिलो साइकल किनेको कथा, लगायतका आफ्नो जीवनका रोचक घटनाहरू पनि जीवन कथामा समटिने पुनले बताएका छन् । 

 

पछिल्लो अध्यावधिक: साउन २८, २०८० १७:४९