close

डिशहोमका कार्यकारी उपाध्यक्ष सापकोटालाई ‘इन्डिभिजुअल सेल्स एक्सिलेन्सी अवार्ड २०२३’

टेकपाना टेकपाना

भदौ १२, २०८० ११:४८

डिशहोमका कार्यकारी उपाध्यक्ष सापकोटालाई ‘इन्डिभिजुअल सेल्स एक्सिलेन्सी अवार्ड २०२३’

काठमाडौँ । डिश मिडिया नेटवर्क लिमिटेडका कार्यकारी उपाध्यक्ष रमेश सापकोटालाई इन्डिभिजुअल सेल्स एक्सिलेन्सी अवार्ड, २०२३ प्रदान गरिएको छ । ​ग्रोथ लिडरशिप एकेडेमीले शुक्रबार आयोजना गरेको ‘सेल्स समिट’ कार्यक्रममा इन्टरनेट सेवा प्रदायक विधा अन्तर्गत सापकोटालाई उक्त अवार्ड प्रदान गरिएको हो । 

यस सम्मानले कम्पनीप्रति उनले देखाएको असाधारण योगदानको उच्च कदर भएको डिश मिडिया नेटवर्कले जनाएको छ । सापकोटाको नेतृत्वमा फाइबर नेटवर्कको द्रुत विस्तार र उत्कृष्ट सेवाहरूको साथ डिशहोम फाइबरनेटले तीन लाख ग्राहकहरू बनाउन सफल भएको कम्पनीले जनाएको छ ।

यो उपलब्धिले ग्राहकको विश्वास र सन्तुष्टिलाई कायम राख्न सिमलेस र उच्च गतिको इन्टरनेट प्रदान गर्ने प्रतिबद्धता पूरा गर्न सहयाेग पुग्ने कम्पनीको विश्वास छ ।

पछिल्लो अध्यावधिक: भदौ १२, २०८० १४:२३