काठमाडौं । झन्डै १२ वर्षअघि सुरु भएको हेलो सरकारको सेवा थप परिष्कृत भएको छ । आइतवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा सञ्चालनमा रहेको 'हेलो सरकार'को सेवालाई तीन सिफ्टमा विस्तार एवं सञ्चालन गर्ने कार्यको सुरुवात गरे ।
त्यससँगै गुनासो गर्न सकिने माध्यम पनि थपिएका छन् । यसअघि हेलो सरकार नागरिक एप, वेबसाइट, नेपाल टेलिकमको नम्बर, फेसबुक र ट्वीटरमा सक्रिय थियो । अब भने ह्वाट्सएप, भाइबरका साथै एनसेलको नम्बरबाट टोल फ्रि नम्बरमा समेत कल गरेर गुनासो टिपाउन सकिने भएको छ ।