अब सरकारलाई भाइबर र ह्वाट्सएपका साथै एनसेल नम्बरबाट पनि गुनासो सुनाउन सकिने
भदौ १८, २०८० १३:११
काठमाडौं । झन्डै १२ वर्षअघि सुरु भएको हेलो सरकारको सेवा थप परिष्कृत भएको छ । आइतवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा सञ्चालनमा रहेको 'हेलो सरकार'को सेवालाई तीन सिफ्टमा विस्तार एवं सञ्चालन गर्ने कार्यको सुरुवात गरे ।
त्यससँगै गुनासो गर्न सकिने माध्यम पनि थपिएका छन् । यसअघि हेलो सरकार नागरिक एप, वेबसाइट, नेपाल टेलिकमको नम्बर, फेसबुक र ट्वीटरमा सक्रिय थियो । अब भने ह्वाट्सएप, भाइबरका साथै एनसेलको नम्बरबाट टोल फ्रि नम्बरमा समेत कल गरेर गुनासो टिपाउन सकिने भएको छ ।
वेबसाइटः hellosarkar.gov.np (हेलो सरकार पोर्टल)
ईमेल: [email protected]
ट्वीटरः @hello_sarkar
भाइबरः ९८५११४५०४५ (9851145045)
फेसबुकः @hellosarkar.np
टेलिफोन नम्बरः ११११ (टोल फ्रि), ०१-४२११०८७ ०१-४२००६९७, ०१-४२३१६१०
मोबाइल नम्बरः ९८५११४५०४५
पछिल्लो अध्यावधिक: भदौ १८, २०८० १३:११
