close

पोखराको पामे र कञ्चनपुरको दोधारा चाँदनी पुग्यो डिशहोम फाइबरनेट*

टेकपाना टेकपाना

भदौ २१, २०८० १३:३०

पोखराको पामे र कञ्चनपुरको दोधारा चाँदनी पुग्यो डिशहोम फाइबरनेट*

काठमाडाैं । पोखराको पामे र कञ्चनपुरको दोधारा चाँदनीमा ​डिशहोम फाइबरनेट विस्तार भएको छ । देशका विभिन्न ठाउँमा फाइबरनेट विस्तार गर्ने क्रममा डिशहाेमले यी ठाउँमा फाइबर इन्टरनेट सेवा थप गरेको हो ।

कम्पनीका अनुसार ग्राहकहरूले आफ्नो बजेट अनुसारको इन्टरनेटसँगै टिभी प्याकेज छानेर लिन पाउनेछन् ।

''पोखराको पामे र कञ्चनपुरकाे दोधारा चाँदनीका ग्राहकहरूले अब डिशहोम फाइबरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउनुहुनेछ,'' कम्पनीले विज्ञप्तिमा भनेको छ, ''कम्पनीले प्रदान गर्ने सेवाका कारण अबको दिनमा डिशहोम फाइबरनेट नै ग्राहकहरूको पहिलो रोजाइ र लोकप्रिय इन्टरनेट सेवाप्रदायक हुने विश्वास गरेका छौं ।''

(*समाचारमा पोखराको पामे हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । सं.)

पछिल्लो अध्यावधिक: भदौ २१, २०८० १३:५३