close

प्रधानमन्त्री अन्तर्गतको विद्युतीय सुशासन आयोगलाई बजेट दूरसञ्चारको

टेकपाना टेकपाना

भदौ २४, २०८० १३:१२

प्रधानमन्त्री अन्तर्गतको विद्युतीय सुशासन आयोगलाई बजेट दूरसञ्चारको

 

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय अन्तर्गत रहेको विद्युतीय सुशासन आयोगका लागि नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट बजेट छुट्याइएको छ । नियामकको चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अन्तर्गत उक्त बजेट छुट्याइएको हो । 

हालै मात्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सहमति प्राप्त गरेको बजेट बजेट कार्यान्वयनमा जाने चरणमा छन् । उक्त बजेट अन्तर्गत आयोगका लागि दुई करोड रुपैयाँ छुट्याइएको छ । 

सञ्चार तथा सूचना प्रविधि, साइबर सुरक्षा, विद्युतीय सुशासन लगायतका कार्यक्रम सञ्चालन गर्न आयोगलाई सहयोग उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ । बजेट हस्तान्तरण गर्न आउँदो असोज मसान्तसम्म विद्युतीय सुशासन आयोग र प्राधिकरणबीच आपसी समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।

सोही आधारमा तीन किस्तामा उक्त रकम हस्तान्तरण गरिने उल्लेख छ । विद्युतीय सुशासन आयोगको पत्रको आधारमा प्राधिकरणले उक्त रकम उपलब्ध गराएको हो । 

पछिल्लो अध्यावधिक: भदौ २४, २०८० १३:१२