काठमाडौं । पछिल्लो समय उत्कृष्ट प्रदर्शन क्षमता भएका फोनहरू बजारमा ल्याउन निर्माताहरू लागि परेका छन् । यस्तै प्रतिस्पर्धा भइरहे २४ जीबी र्याम भएको फोन बजारमा आउन सक्ने सम्भवना पनि देखाएको छ ।
के २४ जीबी र्याम हामीलाई आवश्यक नै पर्ने हो ? किन आवश्यकता पर्छ ? त्यस्तो फोन खरिद गर्नुले कुनै अर्थ लाग्छ ? आज हामी यसैबारे चर्जा गर्छौं:
के साँच्चै आवश्यक छ ?
वास्तवमा तपाईंलाई २४ जीबी र्याम भएको फोनको आवश्यकता छैन । यद्यपि भविष्यमा विकसित हुने प्रविधिको फाइदा उठाउन भने धेरैभन्दा धेरै र्यामको आवश्यकता पर्छ ।
बढी र्यामहरू विशेषत गरेर गेमिङ, एआई, डेस्कटप मोड प्रयोग गर्दा उपयोगी हुन्छ । तर अहिले नै २४ जीबी र्यामको त्यति धेरै आवश्यकता छैन । हाल स्मार्टफोनहरूमा अधिकतम १२ जीबी र्याम पर्याप्त मान्न सकिन्छ ।
कुन फोनमा २४ जीबी र्याम हुन्छ ?
हामी यो दोडको निकै सुरुवाती चरणमा छौं । तर विकासको गति हेर्दा यो चाँडै आउन सक्ने देखिन्छ । अहिलेको अवस्थालाई विश्लेषण गर्दा आईफोन तथा गुगल पिक्सेलमा कम र्याम नै हुने देखिन्छ । तर सामसङ, वनप्लस, मोटोरोला, एसुस जस्ता फोन निर्माताहरूले २४ जीबी र्याम भएको फोन निकाल्न सक्छन् ।
२४ जीबी र्याम भएको पहिलो फोन भने चिनियाँ ब्रान्ड नुबिया रेड म्याजिक एट एस प्रो प्लस (redmagic 8s pro) हो । गेमिङ फोनको रूपमा बजारमा आएको यसमा निकै विशेषता छन् । यसको ट्रान्सप्यारेन्ट एडिसनमा २४ जीबी र्याम र १ टीबी स्टोरेज छ ।
यो ब्रान्डको सबैभन्दा सस्ताे भर्सनको फोनमा १६ जीबी र्याम र १ टीबी स्टोरेज थियो । तर नुबियाको रेड म्याजिक बाहेक २४ जीबी हुने फोनहरू रियलमी जीटी फाइभ, वानप्लस एस टु प्रो र रेड्मी के सिक्सटी एक्स्ट्रिम एडिसन हुन् ।
हुन त केही कम्पनीहरू ३२ जीबीको र्याम भएको फोन बनाउन लागिपरेको हल्ला छ । २४ जीबी र्याम भएको फोनहरूको चीनमा ट्रेन्ड छ । फोन निर्माताहरू को छिटो त्यो कोशेढुङ्गामा पुग्ने भन्ने प्रतिस्पर्धा देखिन्छ ।
यसो हुँदा विश्वबजारमा चाँडै नै यी फोनहरू देख्न सकिने सम्भावना छ । २४ जीबी र्याम भएको फ्ल्यागशीप र गेमिङ फोनहरू २०२४ को अन्त्यसम्म उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
फोनमा २४ जीबी र्याम हुनुको फाइदा
फोनहरूमा यति धेरै र्याम हुनु नयाँ कुरा हो । यसकारण फोन निर्माताहरूले २४ जीबी र्यामलाई कसरी प्रभावकारी ढङ्गगले प्रयोग गर्न सकिन्छ भनेर उपायहरू खोजिरहेको बताइन्छ ।
फोन हार्डवेयरहरू पनि सफ्टवेयरको विकास जस्तै परिवर्त हुनु आवश्यक छ । यसो हुँदा मात्र हामीले फोनलाई नयाँ र भिन्न तरिकाले प्रयोग गर्न सक्छौं । तर यसका केही फाइदा निम्न छन्:
-गेमिङ
अहिलेका २४ जीबी र्याम भएका फोनहरू पर्फर्मेन्स र गेमिङमा केन्द्रित भएको पाइन्छ । यसकारण पनि धेरै र्याम हुनुले गेमिङ अनुभवलाई निकै राम्रो बनाउँछ । तर बढी र्याम हुँदैमा यसमा पूर्ण लाभ भने लिन सकिँदैन । किनकी फोनको प्रदर्शनमा सीपीयू, हिट (heat) र पावर कन्जम्पसन (Power Consumption) लगायतका अन्य तत्वहरूले समेत फरक पार्ने हुन्छ ।
आजभोलिका एन्ड्रोइड गेमहरू पनि २४ जीबीको र्यामबाट फाइदा उठाउन सक्ने अवस्थामा छैनन् । यसकारण तपाईंले हेभी गेम (heavy game) खेलेर पनि ब्याकग्राउन्ड मा अन्य एप भने चलाउन सक्नुहुन्छ । त्यस्तै मल्टिटाक्स (multitask) गरिरहँदा गेमको प्रिलोड (Proload) गर्न सक्नुहुन्छ । यसको अर्थ फरक-फरक एप प्रयोग गरिरहँदा तपाईंले गेमलाई सुरु गरेर ती एप चलाउन सक्नुहुन्छ ।
-एआई
२४ जीबी र्याम भएका फोनहरू सिद्धान्त अनुसार एआईका लागि प्रयोग हुन सक्छ । एआई मोडलहरू कम र्याम भएका डिभाइसहरूमा पनि चल्न सक्छन् । तर बढी र्याम भएको मसिनमा उनीहरूले आफ्नो पूर्ण गतिमा काम गर्न सक्ने बताइन्छ ।
धेरै र्याम भएको अर्को अर्थ, तपाईंको फोनमा ठूला र जटिल एआई मोडलहरूका लागि ठाउँ हुनु हो । प्रयोगकर्ताको रुपमा तपाईंले अनलाइनमा भन्दा पनि आफ्नै डिभाइसमा चल्ने खालका एआई एपहरू चाहनुहुन्छ । ताकि तिनीहरूलाई चलाउँदा कम भन्दा कम डेटा चाहियोस् । यसो गर्दा २४ जीबी र्याम भएको फोन उपयोग हुन सक्छ ।
-डेस्कटप मोड
२४ जीबी र्याम भएको फोनको अर्को सम्भावित प्रयोग डेस्कटप मोड हो । केही फोनहरूमा एक्सटर्नल मोनिटर, किबोर्ड र माउस जोडिदिए डेस्कटप जस्तै काम गर्न सक्छन् ।
यसको उदाहरण सामसङ डीएक्स (Samsung DeX) हो । एन्ड्रोइड १० देखि एन्ड्रोइड फोनहरूमा यो फिचर राखिएको छ । मल्टिटास्क गर्नु नै डेस्कटप मोडको मूख्य उद्देश्य हो । फोनमा धेरै र्याम भएपछि तपाईंले अझ धेरै एपहरू खोल्न सक्नुहुन्छ ।
माथिको चर्चापछि तपाईं पनि २४ जीबी र्याम भएको फोन चलाउने सोच्न थाल्नु भयो होला । तर अहिले तत्कालै २४ जीबीवाला फोन आएपनि त्यसबाट पूरै फाइदा भने उठाउन सकिँदैन । यसको कारण त हामीले माथि नै उल्लेख गरिसकेका छौं ।
अहिलेको समयमा सबैभन्दा उपयुक्त भनेको ८ देखि १२ जीबीसम्म र्याम हुनु रहेको छ । अहिलेका धेरै फ्ल्यागशिप फोनमा १६ जीबी र्याम आउन थालेको छ । तर अहिले यसबाट प्रयोगकर्ताले केही पनि फाइदा लिन सक्दैनन् । १६ जीबी भनेर अरुलाई देखाउने वस्तु मात्र हुन्छ ।