close

आईफोन १५ प्रो र प्रो म्याक्समा टाइप-सीमार्फत एक्सटर्नल स्टोरेज

टेकपाना टेकपाना

भदौ २७, २०८० १०:२५

आईफोन १५ प्रो र प्रो म्याक्समा टाइप-सीमार्फत एक्सटर्नल स्टोरेज

काठमाडौं । आईफोनमा सामान्यतः एक्सटर्नल स्टोरेजको सुविधा उपलब्ध हुँदैन् । जसका कारण प्रयोगकर्ता डिफल्ट रूपमै उपलब्ध गराइएको इन्टर्नल स्टोरेज वा क्लाउड स्टोरेजमा निर्भर हुँदै आएका छन् ।  

तर, अब भने एप्पलले पहिलो पटक आईफोन १५ प्रो र प्रो म्याक्स मोडेलमा भिडिओ रेकर्ड गर्दा सोजै एक्सटर्नल स्टोरेज ड्राइभ प्रयोग गर्न सकिने सुविधा ल्याएको छ । यसमा विशेषगरी आईफोन १५ प्रो र प्रो म्याक्सलाई क्यामेराका रूपमा प्रयोग गर्ने र त्यसबाट खिचिएका र (Raw) फोटो तथा भिडिओलाई सोझै एक्सटर्नल ड्राइभमा एक्सपोर्ट गर्न सकिन्छ ।

यसो गर्दा डिभाइसको इन्टर्नल स्टोरेज खपत हुँदैन । त्यस्तै प्रयोगकर्ताले आईफोनबाट फोटो खिच्ने र त्यसलाइ सोझै म्याकमा टाइप-सी केबल प्रयोग गरेर एक्सपोर्ट गर्न सकिने जनाइएकाे छ। लामो भिडिओ खिच्ने प्रयोगकर्तालाई स्टोरेज सीमितताले भिडिओ खिच्दा कुनै समस्या ननिम्तियोस् भन्नका लागि एप्पलले यस्तो सुविधा ल्याएको जनाएको छ ।

यससँगै अब प्रयोगकर्ताले आईफोन १५ प्रो र प्रो म्याक्समा फोरके भिडिओ ६० एफपीएसमा खिच्न सक्नेछन् । यो फिचर स्लो मोसन भिडिओ खिच्ने प्रयोगकर्ताका लागि उपयुक्त हुनेछ ।  

 

पछिल्लो अध्यावधिक: भदौ २७, २०८० १०:२५