close

सिट्रोनको ईभी बुकिङ गर्दा २० हजारसम्मको उपहारसँगै बीमा र सडक दस्तुर निःशुल्क

टेकपाना टेकपाना

भदौ २८, २०८० १४:४३

सिट्रोनको ईभी बुकिङ गर्दा २० हजारसम्मको उपहारसँगै बीमा र सडक दस्तुर निःशुल्क

काठमाडौं । बिजुली गाडी सिट्रोन बुकिङ गर्ने ग्राहकले २० हजार रुपैयाँ बराबरको उपहारसँगै कर र बीमा निःशुल्क पाउने भएका छन् । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले ल्याएको फेस्टिभ स्किम अन्तर्गत यस्तो सहुलियत उपलब्ध गराइएको हो । 

राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो अवधिभर सिट्रोनका विद्युतीय गाडी बुकिङ गर्ने ग्राहकलाई २० हजार रुपैयाँ बराबरको उपहारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । प्रदर्शनीकै क्रममा कम्पनीले आफ्नो फेस्टिभ स्किम पनि सार्वजनिक गरेको छ । 

यो स्किम अन्तर्गत ई सी थ्री खरिद गर्ने ग्राहकले एक वर्षसम्मको बीमा र सडक दस्तुर छुट पाउनेछन् भने कम्पनीले पावर वाशर उपहार दिनेछ । यसपालिको नाडा अटो शो आउँदो शनिवारसम्म चल्नेछ । 

नेपाली बजारमा ईसी थ्रीको सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ रुपैयाँ रहेको छ । 



 

पछिल्लो अध्यावधिक: भदौ २८, २०८० १४:४३