close

ह्याकरहरूको सम्मेलन ‘थ्रेट कन’ सम्पन्न, क्याप्चर द फ्ल्यागमा शीर्ष पाँचै टिम सफ्टवेरिका कलेजका

टेकपाना टेकपाना

भदौ ३०, २०८० १७:४८

ह्याकरहरूको सम्मेलन ‘थ्रेट कन’ सम्पन्न, क्याप्चर द फ्ल्यागमा शीर्ष पाँचै टिम सफ्टवेरिका कलेजका

काठमाडौं । साइबर सुरक्षा कम्पनी थ्रेटनिक्सले राजधानीमा तीन दिने ‘थ्रेट कन २०२३’ आयाेजना गरेकाे छ । भदाै २५ देखि २७ गतेसम्म होटेल याक एन्ड यतिमा भएको पाँचाैं संस्करणकाे थ्रेट कनमा वर्कशप, सम्मेलन तथा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएकाे थियाे ।

थ्रेट कन २०२३​ काे अवसरमा ह्याकिङमा रुचि राख्नेहरूका लागि ‘क्याप्चर द फ्ल्याग’ (सीटीएफ) प्रतियोगिता गरिएको थियो । सो प्रतियोगितामा विभिन्न कलेज तथा आईटी कम्पनीहरूलाई प्रतिनिधित्व गर्दै कूल ३८ समूहले सहभागिता जनाएका थिए । जसमध्ये प्रतियोगिताको शीर्ष पाँचमा सफ्टवेरिका कलेजलाई प्रतिनिधित्व गरेर गएका विद्यार्थीहरूकाे समूह परेका छन् ।

प्रतियोगितामा सफ्टवेरिका कलेजको म्याउ फ्यूज्ड समूह पहिलाे भयाे । यस समूहले १० हजार रुपैयाँ नगद पुरस्कारसहित १६०० डलर (करिब दुई लाख १४ हजार रुपैयाँ) बराबरको ओएससीपी प्रमाणपत्र  (पीईएन २०० कोर्ष, ल्याबमा ९० दिनको पहुँच र परीक्षा) प्राप्त गर्‍यो ।

उक्त प्रतियाेगितामा ह्याक एट्दरेट सेक (Hack@sec) समूह दाेस्राे बन्न सफल भयो । यस समूहले साढे सात हजार रुपैयाँ नगद सहित २०३ डलर (करिब २७ हजार) बराबरको प्रतिष्ठित ह्याक दी बक्स (एचटीबी) को एक वर्षसम्म भीआईपी एक्सेस र छ महिनासम्मका लागि १६८ डलर (करिब २२ हजार रुपैयाँ) बराबरको दुई ओटा भीआईपी सब्सक्रिप्सन प्राप्त गर्‍यो । 

त्यस्तै तेस्रो हुने पीडब्लूएन फ्यूज्ड (PWN Fused) समूहले पाँच हजार नगद पायो । त्यसैगरी ह्याक दी बक्स (एचटीबी) को एक वर्षसम्म भीआईपी पहुँच र छ महिनासम्मका लागि ८४ डलर (करिब ११ हजार रुपैयाँ) बराबरको एउटा भीआईपी सब्सक्रिप्सन हात पार्न सफल भयो । साथै ईएलएफ एक्स बाइनरी (ELF X Binary)  र इयगेरिष्ट (Yeagerist) क्रमश: चौथौ र पाँचौं स्थान बन्यो ।

विद्यार्थीहरूले पाएको यो सफलता निकै ठूलो भएको कलेजले जनाएको छ । त्यस्तै ‍साइबर सुरक्षा सम्बन्धी यस्ता प्रतियोगिताहरू भइरहनु पर्ने बताउँदै कलेजले यसबाट युवाहरूलाई सूचना प्रविधि र साइबर सुरक्षा क्षेत्रमा आउन र विशेषज्ञता हासिल गर्न सहयोग पुग्ने धारणा राखेकाे छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १७, २०८० १२:१५