close

रिब्रान्ड भएसँगै अब स्प्यारो एसएमएसले ओटीपी कोड र टु फ्याक्टर अथेन्टिकेसनको सुविधा दिने

टेकपाना टेकपाना

असोज ३, २०८० २१:४३

रिब्रान्ड भएसँगै अब स्प्यारो एसएमएसले ओटीपी कोड र टु फ्याक्टर अथेन्टिकेसनको सुविधा दिने

काठमाडौं । एसएसएस सेवा प्रदायक कम्पनी स्प्यारो एसएमएस १३ वर्षपछि रिब्रान्ड भएको छ । सामाजिक सञ्जाल तथा इन्टरनेटको बढ्दो प्रयोगसँगै आफूलाई विस्तार गर्न कम्पनीले बुधवार रिब्रान्डको घोषणा गरेको हो । 

“यस रिब्रान्डिङले स्प्यारो एसएमएस र यसका प्रयोगकर्ताहरूलाई थप आकर्षक सेवाहरू प्रदान गर्नेछ,” कम्पनीले भनेको छ, “एउटा नयाँ र आकर्षक ब्रान्ड लुक्सले स्प्यारो एसएमएसको एक इन्टरप्राईज मेसेजिङ कम्पनीको रूपमा भएको रूपान्तरण प्रतिविम्बित गर्नेछ ।”

रिब्रान्ड भएसँगै कम्पनीले स्प्यारोको नयाँ लोगो सार्वजनिक गरेको छ । जसमा कम्पनीले ‘पावर अफ टेक्स्ट’ ट्यागलाई हटाउँदै इन्टरप्राइज मेसेजिङ राखेको छ । रिब्रान्ड र नयाँ ट्याग लाइनले एसएमएस, भ्वाइस र इन्स्ट्यान्ट मेसेजिङमा स्पिड, दक्षता र विश्वसनीयतालाई प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ ।

“नयाँ डिजाइन गरिएको वेबसाइटले आवश्यक जानकारी खोज्न र सेवाहरू प्रयोग गर्न सजिलो बनाउँछ,” विज्ञप्तिमा अगाडि लेखिएको छ, “अपडेट गरिएका रङ्गहरूले व्यावसायिकता, विश्वास र नवीनता ल्याउँछ ।”

कम्पनीले अब मल्टिच्यानल कम्युनिकेसन प्लेटफर्म, ओटीपी तथा टु फ्याक्टर अथेन्टिकेसन, अन्तर्राष्ट्रिय एसएमएस, मिस्डकल मार्केटिङ, च्याटबट सेवा आदि सेवा उपलब्ध गराउनेछ । त्यसबाहेक पनि सरल इन्टिग्रेसन र एपीआई सेवा, सुदृढ र मजबुत डाटा सुरक्षा, चौबिसै घण्टा उपलब्ध ग्राहक सेवा उपलब्ध गराउने कम्पनीले उल्लेख गरेको छ ।

व्यवसायहरूको बदलिँदो सञ्चार आवश्यकताहरूलाई पुर्ति गर्न सक्ने बृहत्, प्रयोगकर्ताले रोजे अनुसारको र प्राविधिक रूपमा थप सशक्त इन्टरप्राइजे मेसेजिङ प्लाटफर्म प्रदान गरेर इन्टरप्राइज मेसेजिङलाई माथि उठाउनु नै यस रिब्रान्डिङको मुख्य लक्ष्य रहेको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज ३, २०८० २१:४३