काठमाडौं । चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा आफ्ना दुई नयाँ फोन रियलमी ११ एक्स र रियलमी ११ फाइभजी सार्वजनिक गरेको छ । शुक्रवार राजधानीमा फ्यान फेस्ट कार्यक्रम गर्दै कम्पनीले यी दुई माेडेलका स्मार्टफोन सार्वजनिक गरेकाे हो ।
रियलमी ११ एक्स र रियलमी ११ फाइभजी उल्लेखनीय सुविधा र आकर्षक डिजाइनका साथ आएकाे कम्पनीले जनाएको छ । यी दुवै स्मार्टफोनमा मिडियाटेक डाइमेन्सिटी ६१०० प्लस चिपसेट, ६.७२ इन्चको १२० हर्ज रिफ्रेश रेट भएको डिस्प्ले छ ।
क्यामेराको कुरा गर्नुपर्दा रियलमी ११ एक्समा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ भने रियलमी ११ फाइभजीमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ ।
रियलमी ११ एक्समा ५००० एमएएच ब्याट्रीसहित ३३ वाटको फास्ट चार्जर र रियलमी ११ फाइभजीमा ५००० एमएएच ब्याट्रीसहित ६७ वाटको सुपरभोक चार्जर रहेको छ ।
नेपाली बजारमा रियलमी ११ फाइभजी (८ जीबी र्याम तथा २५६ जीबी स्टाेरेज)को मूल्य ३९ हजार ९९९ रुपैयाँ र रियलमी ११ एक्स (८ जीबी र्याम तथा १२८ जीबी स्टाेरेज) को मूल्य २९ हजार ९९९ रुपैयाँ रहेको छ ।