close

आईफोन किन्न दुबईमा ग्राहकहरूबीच झगडा (भिडिओ सहित)

टेकपाना टेकपाना

असोज ६, २०८० १७:४३

आईफोन किन्न दुबईमा ग्राहकहरूबीच झगडा (भिडिओ सहित)

काठमाडौं । हालै सार्वजनिक भएको आईफोन १५ किन्न संयुक्त अरब इमिरेट्स (यूएई) मा मानिसहरूबीच झगडा नै भएकाे छ । विभिन्न मिडियाहरूले दुबई मलमा आईफोन १५ किन्न आउने सर्वसाधारणहरूबीच झगडा भएकाे उल्लेख गरेका छन् ।

नेसनलका अनुसार दुबई मलमा शुक्रवार एप्पलले आईफोन १५ सार्वजनिक रूपमा बिक्री सुरु गर्नु अगावै मानिसहरूको भिड बढ्न थालेपछि सुरक्षागार्डले रोक्न खोजेका थिए । माइक फुक्दै सुरक्षाकर्मीहरूले अगाडि नबढ्न आग्रह गरे पनि मानिसहरूकाे भिड संयम हुन सकेन । 

उक्त घटनाका केही भिडिओ फुटेजहरू इन्टरनेटमा भाइरल भइरहेका छन् । ती भिडिओहरूमा मानिसहरू एस्केलेटरमा पुग्न तछाँडमछाड गरेको देख्न सकिन्छ । एक भिडिओमा सुरक्षाकर्मीहरूसँग मानिसहरू वादविवाद गरिरहेकाे र आफैं आफैं झगडा गरेको देखिन्छ ।

हेर्नुहोस् भिडिओ

बहुप्रतिक्षित आईफोन १५ सार्वजनिक भएसँगै न्यू योर्क, लण्डन, बेइजिङ लगायतका ठूला सहरहरूमा मानिसहरूको ठूलो ओइरो लागेको समाचारहरू बाहिरिरहेका छन् । छिमेकी देश भारतमा पनि आईफोन १५ किन्न मानिसहरूकाे लाइन लागेको समाचार आएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज ६, २०८० १९:४