close

एनसेलको वार्षिकोत्सवमा मैत्रीपूर्ण फुटबल खेल आयोजना

टेकपाना टेकपाना

असोज ९, २०८० १०:५६

एनसेलको वार्षिकोत्सवमा मैत्रीपूर्ण फुटबल खेल आयोजना

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको लैनचौर खेल मैदानमा ‘पर्पल किकअफ’ मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको छ ।

पर्पल किकअफमा चर्चित नेपाली कलाकारहरु, भेट्रान फुटबल खेलाडीहरू, युवा उद्यमी, खेलकुद पत्रकारहरु र स्थानीय युवा क्लबका खेलाडीहरुको सहभागिता रहेको थियो ।

गत शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा एनसेल टिम ए विजयी भएको थियो । एनसेल टिम एले नेपाली युवा उद्यमी मञ्चलाई १-० को अन्तरले हराउँदै विजेता बनेको हो । एनसेल टिमको तर्फबाट एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ पनि खेलेका थिए ।

एनसेलको तर्फबाट कप्तान प्रज्वल प्रजापतिले गोल गरेका थिए ।

त्यसैगरी शनिबार नै भएको अर्को खेल भेट्रान फुटबल खेलाडी अनिल गुरुङ र विराज महर्जनको टिमबीच भएको थियो । दुवै टिममा विभिन्न चर्चित नेपाली कलाकारहरूको सहभागिता रहेको थियो ।

कलाकारहरुमा आयुषमान जोशी, जेम्स प्रधान, जितु नेपाल, प्रेस्का उदास, रेमन दास श्रेष्ठ, सन्दिप क्षेत्री, अमन केसी, समृद्धि राई, त्रिचु राईलगायतका थिए । अनिल गुरुङको टिमले ५-४ को अन्तरले खेल जितेको थियो ।

पछिल्लो अध्यावधिक: असोज ९, २०८० १०:५६