close

ईसेवाको बिजनेस ब्यूआर लिने व्यवसायीले रु. ५०० सम्म टपअप पाउने, ५ जनालाई निःशुल्क इन्टरनेट

टेकपाना टेकपाना

असोज ९, २०८० १५:१६

ईसेवाको बिजनेस ब्यूआर लिने व्यवसायीले रु. ५०० सम्म टपअप पाउने, ५ जनालाई निःशुल्क इन्टरनेट

काठमाडौं । भुक्तानी सेवाप्रदायक ईसेवाले मर्चेन्ट (व्यवसायी) का लागि नयाँ अफर ल्याएको छ । यसअन्तर्गत ईसेवाको क्यूआर मर्चेन्ट भएर जोडिएका प्रयाेगकर्ताले रु. ५०० सम्मको टपअप तथा हरेक हप्ता पाँच जनाले एक महिनाको इन्टरनेट सित्तैमा जित्न सक्ने कम्पनीले जनाएको छ ।

यो अफर मङ्सिर १४ सम्म चल्ने छ । अफरमार्फत क्यूआर मर्चेन्ट भएका व्यवसायीहरूले ईसेवाले उपलब्ध गराएकाे बिजनेस क्यूआर मार्फत भुक्तानी लिएको हुनुपर्नेछ ।

व्यवसायीहरूले ईसेवा बिजनेस क्यूआर सक्रिय भएको पहिलो महिनामै रु. १०० वा सोभन्दा बढीको तीन वा बढी कारोबार क्यूआर मार्फत प्राप्त गर्दा रु. १० देखि रु. ५०० सम्मको टपअप प्राप्त गर्न सक्नेछन् ।

साथमा, हरेक हप्ता पाँच जना भाग्यशाली मर्चेन्टले रु. १५०० बराबरको एक महिनाको इन्टरनेट प्याकेज पनि जित्न सक्ने कम्पनीले जनाएको छ ।

ईसेवामार्फत प्राप्त बिजनेस क्यूआर प्रयोग गरी भुक्तानी लिँदा व्यवसायीले आफ्नो इच्छाअनुसार ईसेवा खाता वा बैंक खातामा पैसा जम्मा गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज ९, २०८० १५:१६