close

आइएमई पेबाट अब एसआईपी भुक्त्तानी गर्न सकिने

टेकपाना टेकपाना

असोज १३, २०८० १५:५४

आइएमई पेबाट अब एसआईपी भुक्त्तानी गर्न सकिने

काठमाडौं । डिजिटल वालेट आइएमई पे मार्फत अब सेवाग्राहीहरूले आफ्नो सिस्टम्याटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) को रकम भुक्तानी गर्न सक्ने भएका छन् । यसका लागि आइएमई पेले एनआईसी एसिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको छ ।

सम्झौता अन्तर्गत अब आइएमई पेका सेवाग्राहीले एनआईसी एसिया क्यापिटलको एनआईसी एसिया डाइनामिक डेब्ट फन्ड (NIC Asia Dynamic Debt Fund) तथा कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजनाको एसआईपी इन्स्टलमेन्ट तथा युनिट पर्चेजको भुक्तानी गर्न सक्नेछन् ।

पछिल्लो समय पुँजी बजारमा एसआईपी  लोकप्रिय बन्दै आइरहेको र यसको भुक्तानीलाई थप सहज पार्दै आइएमई पेले आफ्नो सेवाग्राहीहरूका लागि यो सेवा सञ्चालनमा ल्याएकाे कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीन रेग्मीले बताए ।

पछिल्लो अध्यावधिक: असोज १३, २०८० १५:५५