close

अनर स्मार्टफोन किन्दा दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमण र भेस्पा स्कुटर जित्ने अफर

टेकपाना टेकपाना

असोज १४, २०८० १३:५६

अनर स्मार्टफोन किन्दा दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमण र भेस्पा स्कुटर जित्ने अफर

काठमाडाैं । अनर स्मार्टफाेनकाे नेपालस्थित आधिकारिक वितरक सेलट्रोन नेपाल प्रालिले चाडपर्व अफर ल्याएको छ । “बनाऔं दशैं अनरमय” भन्ने ट्यागलाइनका साथ कम्पनीले “अनरको बहार, चाडपर्वमा उपहारै उपहार” नामक अभियान ल्याएकाे हाे ।

यसअन्तर्गत अनर फाेन खरिद गर्दा दैनिक उपहार, मेगा उपहार, बम्पर उपहार र भेस्पा स्कुटर जित्न सकिनेछ ।

उपहारहरू चार खण्डमा विभाजित गरिएकाे छ । पहिलो उपहारमा अनरकाे फाेन किन्न ग्राहकले रु. ५,९९०/- मूल्यको अनर इयरबड्स एक्स फाइभ वा रु.६,४९०/- पर्ने अनर ब्यान्ड सिक्स हरेक दिन जित्न सक्नेछन् ।

दोस्रो उपहार अन्तर्गत  खरिदकर्ताहरुले ४३ इन्चकाे स्मार्ट टिभी वा अनर वाच फाेर वा अनर ९० फाइभजी जित्ने मौका पाउन सक्छन् ।

तेस्रो खण्डमा ग्राहकहरूले ल्यापटप वा थाइल्याण्ड टुर जित्ने मौका पाउन सक्छन्। र अन्तमा, एक भाग्यशाली विजेताले भेस्पा स्कुटर जित्न सक्नेछन् ।

दैनिक विजेता र अन्य विजेताहरूको घोषणा अनर नेपालकाे फेसबुक पेजमा गरिने कम्पनीले जनाएकाे छ । यो अफर १ अक्टोबर देखि २० नोभेम्बरसम्म सञ्चालन हुनेछ । 

याे अफरमा भाग लिन ग्राहकहरूले कुनै पनि अनर स्मार्टफोन खरिद गरी HONOR<SPACE>IMEI नम्बर टाइप गर्नुहोस् र त्यसपछि ३५००१ मा पठाउनुपर्छ ।

पछिल्लो अध्यावधिक: असोज १४, २०८० १४:१४