close

अब सात सय रुपैयाँमै भायानेटको १२५ एमबीपीएस इन्टरनेट*

टेकपाना टेकपाना

असोज १९, २०८० ७:४५

अब सात सय रुपैयाँमै भायानेटको १२५ एमबीपीएस इन्टरनेट*

काठमाडौं । इन्टरनेट सेवाप्रदायक भायानेटले १२५ एमबीपीएस गतिको इन्टरनेट नयाँ मूल्यमा दिने भएकाे छ । ‘चाडमा चौका’ नामक अभियान अन्तर्गत वार्षिक ग्राहकले आठ हजार ४०० रुपैयाँमा उक्त गतिको इन्टरनेट सब्सक्राइब गर्नसक्ने कम्पनीले जनाएकाे छ ।

यो प्याकेज लिने ग्राहकलाई मासिक जम्मा ७०० रुपैयाँमै १२५ रुपैयाँको इन्टरनेट उपलब्ध हुनेछ ।  जुन बजारकै सस्तो मूल्यको उच्च गतिको इन्टरनेट भएको कम्पनीको दाबी छ । 

साथै भायानेटले आफ्ना ग्राहकलाई ‍यो अभियान अन्तर्गत अल्टिमाको वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५० प्रतिशतसम्म छुट दिने भएको छ । यसअन्तर्गत वार्षिक इन्टरनेट योजना लिने ग्राहकले ‍इयरबड्स, हिमस्टारको स्मार्ट टिभी, रेफ्रिजेरेटर, वासिङ मसिन लगायतका उत्पादनमा ५० प्रतिशतसम्म छुट पाउने कम्पनीकाे भनाइ छ ।

यो योजना मङ्सिर ९ गतेसम्म लागू हुने छ । यसबाहेक कम्पीनीले यो अभियान अवधिभर आफ्नो २०० एमबीपीएस र ३०० एमबीपीएस प्याकेजमा समेत छुट दिने जनाएकाे छ ।

 

*यसअघिको शीर्षकमा त्रुटी हुन गएकाले सच्याइएको छ । -स.

पछिल्लो अध्यावधिक: असोज १९, २०८० १२:४८