close

दुई वर्षसम्म क्रिकेटको टिकेटिङ पार्टनरमा आइएमई पे, दर्शक घाइते हुँदा समेत बीमा सुविधा

टेकपाना टेकपाना

असोज १९, २०८० ९:५६

दुई वर्षसम्म क्रिकेटको टिकेटिङ पार्टनरमा आइएमई पे, दर्शक घाइते हुँदा समेत बीमा सुविधा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र आइएमई डिजिटल सोलुसन लिमिटेड (आईएमई पे) बीच रणनीतिक साझेदारी भएको छ । बिहीबार क्यानका सचिव पारस खड्का र आईएमई पेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रेग्मीले एक सम्झौतापत्रमा हस्ताक्षर गर्दै रणनीतिक साझेदारीको घोषणा गरे ।

यसअन्तर्गत क्यानले आयोजना गर्ने हरेक अन्तर्राष्ट्रिय खेलमा दुई वर्षसम्म आइएमई पे टिकेटिङ पार्टनर रहनेछ । टिकेटबाट आएको १२.५ प्रतिशत रकम आइएमई पेलाई जाने र बाँकी अन्य सबै रकम क्यानले पाउने गरी सम्झौता भएको क्यानका सचिव पारस खड्काले बताए ।

त्यस्तै नेपालभरिका क्रिकेट मैदानका १०० जना कर्मचारीलाई आइएमई पेले बीमा सुविधा गवराउने भएको छ । अनलाइन टिकेट काटेर खेल हेर्न आउने समर्थक घाइते भए पनि आइएमई पेबाट बीमा सुविधा उपलब्ध गराउने साझेदारी भएको खड्काले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज १९, २०८० ९:५८