close

तीन महिनाभित्र काठमाडौंका मुख्य सडकमा सीसीटीभी क्यामेरा र स्मार्ट लाइट जोडिने

टेकपाना टेकपाना

असोज १९, २०८० १६:२४

तीन महिनाभित्र काठमाडौंका मुख्य सडकमा सीसीटीभी क्यामेरा र स्मार्ट लाइट जोडिने

काठमाडौं । काठमाडाैं महानगरपालिकाभित्रका मुख्य सडकमा अबको तीन महिनाभित्र सीसीटीभी क्यामेरा तथा सडकबत्ती जडान हुने भएकाे छ । 

शुक्रवार भृकुटीमण्डपमा आयोजित ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८०’मा बोल्दै डङ्गोलले काठमाडाैं महानगरकी उपप्रमुख सुनिता डङ्गोलले सीसीटीभी क्यामेरा र सडक बत्ती जडानका लागि विभिन्न निकायसँग सम्झौता भइसकेको जानकारी दिइन् ।

“सीसीटीभीका लागि नेपाल प्रहरीसँग एमओयू (समझदारीपत्रमा हस्ताक्षर) गरिसकेका छाैं,” डङ्गोलले भनिन्, “र, नेपाल विद्युत प्राधिकरणसँग रोड लाइट्सका लागि पनि एमओयू गरिसकेका छौँ ।”

सडक सुरक्षाकै सन्दर्भमा उनले सडकपेटीका विद्युत् बक्सका कारण पैदलयात्रीलाई असहज भएको भन्दै विद्युत प्राधिकरणकाे ध्यानाकर्षण गराइन् ।

पछिल्लो अध्यावधिक: असोज १९, २०८० १६:५८