close

एक्स, युट्युब र टेलिग्रामलाई भारतले भन्यो- बालयौन दुर्व्यवहार सम्बन्धी सामग्री हटाउनू

टेकपाना टेकपाना

असोज २०, २०८० १६:८

एक्स, युट्युब र टेलिग्रामलाई भारतले भन्यो- बालयौन दुर्व्यवहार सम्बन्धी सामग्री हटाउनू

काठमाडौं । एक्स (ट्वीटर), युट्युब, टेलिग्रामजस्ता सामाजिक सञ्जाल कम्पनीलले आफ्नो प्लेटफर्ममा बाल यौन दुर्व्यवहार सम्बन्धी सामग्री राखे भारतले कारबाही गर्ने भएको छ । सामाजिक सञ्जाल कम्पनीहरूलाई पत्र पठाउँदै भारत सरकारले बालयौन सम्बन्धी सामग्री राखे आफ्नो देशमा कारबाही गर्ने चेतावनी दिएको हो ।

सो पत्रमा सामाजिक प्लेटफर्ममा बाल यौन दुर्व्यवहार वा कुनै हानिकारक सामग्रीहरू नरहेको भनी सुनिश्चित गर्न आग्रह गरिएको छ । यदि कम्पनीहरूले यो नियम पालना नगरे भारतमा कानूनी सुरक्षा गुमाउन सक्ने चेतावनी दिइएको छ ।

इन्टरनेटमा विशेषगरी बालबालिकालाई सुरक्षित राख्न यस्तो निर्देशन पठाएको सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्ल्ेख गरेका छन् ।

यसैबीच भारतको पत्रपछि टेलिग्रामले बाल दुर्व्यवहार सामग्री विरुद्ध आफू प्रतिबद्ध रहेको र फेला परेमा हटाउने बताएको छ । एक्स र युट्युब (गुगल) ले भने अहिलेसम्म यी निर्देशनहरूको जवाफ दिएका छैनन् ।

सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई भविष्यमा यस्ता हानिकारक सामग्री रोक्न प्रविधि र रिपोर्टिङ प्रणाली प्रयोग गर्न पनि आग्रएक्स, युट्युब र टेलिग्रामलाई भारतले भन्योः बालयौन सम्बन्धी सामग्री हटाउनू
ह गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २०, २०८० १६:८