काठमाडौं । माइक्रोसफ्टले विन्डोजका लागि एप्स स्टोरको नयाँ वेब भर्सन सार्वजनिक गरेको छ । विन्डोज १० र ११ मा विन्डोज एपहरू खोज्न सजिलो बनाउने गरी कम्पनीले नयाँ वेबसाइट ल्याएको हो ।
नयाँ वेबसाइट चलाउन छिटो र सजिलो हुनुका साथै एप, गेम तथा चलचित्रहरू समेत थपिने माइक्रोसफ्टले बताइएको छ । त्यस्तै पुरानो माइक्रोसफ्ट स्टोरमा एपहरू खोज्ने तरिका पनि परिवर्तन गरिएको छ ।
अब माइक्रोसफ्टको इकोसिस्टमभन्दा बाहिरबाट पनि विन्डोज एप पत्ता लगाउन र डाउनलोड गर्न सकिनेछ । कम्पनीका अनुसार क्रोमबुक, म्याक जस्ता माइक्रोसफ्ट स्टोर एप इन्स्टल नभएका डिभाइसमा समेत विन्डोज एप डाउनलोड गर्न सकिने भएको छ ।
माइक्रोसफ्टले पुरानो रिक्याक्ट कोडबेसबाट हटाउँदै लुसेस, लिट, भाइट, सी# एसपीनेट ब्याकइन्ड प्रयोग गरेर एपस्टाेरकाे नयाँ संस्करण ल्याएकाे हाे ।