close

दशैंका लागि अनलाइनबाटै बसको टिकट काट्न सकिने, बससेवा डटकमले खुलायो अग्रिम बुकिङ

टेकपाना टेकपाना

असोज २१, २०८० १२:४०

दशैंका लागि अनलाइनबाटै बसको टिकट काट्न सकिने, बससेवा डटकमले खुलायो अग्रिम बुकिङ

काठमाडौं । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दशैंको अग्रिम टिकट बुकिङ खुला भएको छ । बुकिङ खुला भएसँगै यात्रुहरूले अनलाइनबाटै दशैंको अग्रिम टिकट बुकिङ गर्नसक्न कम्पनीले जनाएको छ ।

बससेवाका अनुसार नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम तथा बससेवाको मोबाइल एप्लिकेसनबाट टिकट बुकिङ गर्न सक्नेछन् ।

यातायात व्यवसायीसँगको छलफलपछि अनलाइनबाट बुकिङ सुरू गरिएको बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले बताए । “विगतका वर्षहरूका तुलनामा यस वर्ष सिट संख्या धेरै रहेको छ । बससेवा मार्फत अहिले दैनिक ४० हजारभन्दा धेरै टिकट बुकिङ गर्न सक्नुहुनेछ” उनले भने ।

बससेवाले आफ्नो प्लेटफर्ममार्फत टिकट काट्ने यात्रुहरूमध्ये हरेक दिन पाँच जनालाई शतप्रतिशत क्याशब्याक अफर दिने घाेषणा पनि गरेको छ । 

बससेवाले पछिल्लो समय यात्रुहरूलाई सडकमा कुर्न झञ्झट नहोस् भन्ने उदेश्यले राजधानीको कलंकीमा प्यासेन्जर लाउञ्जको समेत व्यवस्था गरेको छ । बससेवामा करिब तीन यातायात समिति तथा कम्पनी आबद्ध रहेकाे खरेलले बताए ।

पछिल्लो अध्यावधिक: असोज २१, २०८० १२:४०