close

फेसबुकमा पोस्ट शेयर नहुने समस्या समाधान

टेकपाना टेकपाना

कात्तिक १, २०८० २२:२२

फेसबुकमा पोस्ट शेयर नहुने समस्या समाधान

काठमाडौं । फेसबुकमा कुनै पनि पोस्ट शेयर नहुने समस्या समाधान भएको छ । नेपाली समय अनुसार बुधवार बेलुकी करिब साढे ९ बजेदेखि फेसबुकमा यस्तो समस्या देखिएको थियो ।

४५ मिनेटभन्दा बढी समयसम्म फेसबुकमा नयाँ पोस्ट गर्दा समस्या आएको पाइएको छ । पोस्ट गर्ने क्रममा 'योर पोस्ट कुडन्ट बी शेयर्ड' भन्ने सन्देश देखिएको थियो ।

नयाँ सामग्री पोस्ट गर्दा समस्याहरू आएको भन्दै वेबसाइट आउटेज ट्र्याकिङ गर्ने प्लेटफर्म​ डाउनडिटेक्टरमा फेसबुक प्रयोगकर्ताहरूले रिपोर्ट गरेका छन् ।

फेसबुकले भने यसबारे आधिकारिक जानकारी दिइसकेको छैन ।

पछिल्लो अध्यावधिक: कात्तिक १, २०८० २२:२९